― Advertisement ―

HomeLatest newsपाँच महिनामा साढे १५ अर्बको धानचामल आयात – KhabarHost

पाँच महिनामा साढे १५ अर्बको धानचामल आयात – KhabarHost


राष्ट्रिय

समाचार.

  • चालु आर्थिक वर्ष २०८२/८३ को साउन-मंसिरमा १५ अर्ब ४३ करोड ८६ लाख ५ हजार रुपैयाँ बराबर ३ लाख १ हजार ८ सय ९१ टन धानचामल आयात भएको छ।
  • यस अवधिमा १ लाख ८७ हजार ९ सय ५९ टन धान र १ लाख १३ हजार ९ सय ३२ टन चामल आयात भएको भन्सार विभागले जनाएको छ।
  • गत आवको पहिलो पाँच महिनामा धान आयात ६ अर्ब ५ करोड ९४ लाख र चामल आयात ६ अर्ब ७२ लाख ९३ हजार रुपैयाँ बढी भएको थियो।

७ पुस, काठमाडौं । मुलुकमा धानचामल आयात वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन-मंसिर) मा १५ अर्ब रुपैयाँ बढीको धानचामल आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ अर्ब ४३ करोड ८६ लाख ५ हजार रुपैयाँ बराबर ३० करोड १८ लाख ९१ हजार २ सय ५६ किलो अर्थात् ३ लाख १ हजार ८ सय ९१ टन धानचामल आयात भएको हो ।

यस अवधिमा ६ अर्ब ८८ करोड ८१ लाख १३ हजारको १८ करोड ७९ लाख ५९ हजार १ सय ६१ किलो (१ लाख ८७ हजार ९ सय ५९ टन) धान आयात भएको छ ।

चामल मात्रै ८ अर्ब ५५ करोड ४ लाख ९२ हजार रुपैयाँको ११ करोड ३९ लाख ३२ हजार ९५ किलो अर्थात् (१ लाख १३ हजार ९ सय ३२ टन) चामल आयात भएको तथ्यांकले देखाउँछ ।

गत आव २०८१/८२ पहिलो पाँच महिनामा ६ अर्ब ५ करोड ९४ लाख बढीको धान आयात भएको थियो । यस्तै ६ अर्ब ७२ लाख ९३ हजार रुपैयाँ बढीको चामल आयात भएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More