― Advertisement ―

UK ड्राइभिङ सिद्धान्त परीक्षण बैठक कोठामा जान सक्छ किनकि DVSA ले बढ्दो ब्याकलग संकट र ढिलाइको बीचमा रिमोट परीक्षाहरू अन्वेषण गर्दछ।

रिमोट परीक्षणले लामो समयको प्रतीक्षालाई कम गर्न सक्छ। ब्याकलग दबाबले परम्परागत परीक्षण विधिहरूको पुनर्विचार गर्न बाध्य पारिरहेको छएआई प्रोक्टोरिङले निष्पक्षता र निरीक्षणको बारेमा नयाँ...
HomeLatest newsपाँचथरमा ५५ कार्टुन मदिरासहित एक जना पक्राउ – KhabarHost

पाँचथरमा ५५ कार्टुन मदिरासहित एक जना पक्राउ – KhabarHost



८ माघ, पाँचथर । पाँचथरमा ठूलो परिणामको मदिरासहित एक जना पक्राउ परेका छन् ।

भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सिक्कमे कञ्चन १८ कार्टुन, टाइगर -३३ कार्टुन, सिक्किमे गोल्ड ४ कार्टुन बरामद गरेको जनाएको छ । यो मदिरा अवैध भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार कार्टुनमा रहेको ६६० बोतल मदिरासहित शंकरलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय झापा बुझाइएको छ ।

काठमाडौंबाट ताप्लेजुङतर्फ गइरहेको बसमा लुकाएर लैजाँदै गरेको मदिरा विशेष सूचनाका आधारमा फिदिमको जोरसालमा पक्राउ गरिएको कर्णले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More