― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeविजनेसपहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन, भेटिएन लक्ष्य

पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब भन्सार राजस्व संकलन, भेटिएन लक्ष्य


News Summary

Generated by OK AI. Editorially reviewed.

  • भन्सार विभागले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाएको छ।
  • असोजसम्म १ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँको लक्ष्य राखिएकोमा ८४.९ प्रतिशत मात्र राजस्व संकलन भएको छ।
  • साउनदेखि असोजसम्म मासिक लक्ष्य अनुसार राजस्व उठ्न सकेको छैन र प्रत्येक महिनामा लक्ष्यभन्दा कम संकलन भएको छ।

१४ कात्तिक, काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म १ खर्ब २२ अर्ब रुपैयाँ भन्सार राजस्व उठाएको छ ।

तर, कुनै पनि महिना लक्ष्य भने भेटिएन । विभागले असोजसम्म १ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । यस अवधिमा संकलन लक्ष्यको ८४.९ प्रतिशत मात्र प्राप्त भएको छ ।

यस वर्ष सरकारले भन्सार विभागबाट ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । पहिलो तीन महिनामा १ खर्ब २२ अर्ब ७ करोड उठेको छ ।

जुन पूरा लक्ष्यको २०.८ प्रतिशत हो । मासिक तथ्यांक अनुसार कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व उठ्न सकेको छैन । विभागका अनुसार साउनमा ४५ अर्ब ७१ करोड राजस्व संकलनको लक्ष्य थियो ।

संकलन भने ३७ अर्ब ९ करोड भएको छ । भदौमा ४८ अर्ब ५० करोडको लक्ष्य राखिएकोमा ४१ अर्ब ६ करोड मात्र उठेको छ । असोजमा ४९ अर्ब ५५ करोडको लक्ष्य राखेकोमा ४३ अर्ब ९१ कारेड रुपैयाँ मात्र संकलन भएको छ । तीन महिनामा लक्ष्यको क्रमशः ८१.१, ८४.७ र ८८.६ प्रतिशत राजस्व उठेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More