― Advertisement ―

के AMD को पूर्व फाउन्ड्रीले आर्म इजाजतपत्रलाई चुनौती दिन RISC-V लाइनअप भेला गर्न सक्छ?

कोडसिप-एससीप्यानविलको बारेमा प्रोसेसर क्षमताहरूस्टुडियो इजाजतपत्रले निर्माण सेवाहरूको साथसाथै अनुकूलित सिलिकनको लागि केसलाई बलियो बनाउँछबढ्दो RISC-V पोर्टफोलियोले आर्म र AMD सँग भविष्यको प्रतिस्पर्धाको सम्भावना बढाउँछCodasip,...
HomeLatest newsपश्चिम रुकुममा जनार्दन शर्मालाई सहयोग गर्ने सहमति – KhabarHost

पश्चिम रुकुममा जनार्दन शर्मालाई सहयोग गर्ने सहमति – KhabarHost



२१ माघ, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच नयाँ सहमति भएको छ।

नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।

२०८२ माघ १८ गते भएको सहमतिलाई आंशिक संशोधन गर्दै दुवै दलले तीनबुँदे नयाँ सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति अनुसार पश्चिम रुकुममा एमालेका उम्मेदवार जनार्दन शर्माको पक्षमा प्रगतिशील लोकतान्त्रिक पार्टीले समर्थन जनाउने भएको छ। यसअघि उक्त क्षेत्रमा उम्मेदवार रहेका सन्दीप पुनको नाम हटाइएको जनाइएको छ।

त्यसैगरी, कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु जिल्लासहित पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमार्फत मतदान गर्ने सहमति कायम गरिएको छ।

सहमति कार्यान्वयनका लागि दुवै दलले आफ्ना आन्तरिक पंक्तिलाई पुनः निर्देशन दिने निर्णयसमेत गरेका छन्।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More