― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsपरिवार संरचनामा बालबालिका संख्या निरन्तर घट्दै, जनसाङ्ख्यिक लाभमा जोखिम

परिवार संरचनामा बालबालिका संख्या निरन्तर घट्दै, जनसाङ्ख्यिक लाभमा जोखिम


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन अनुसार नेपालमा २०७८ को जनगणना अनुसार बालबालिका संख्या कुल जनसंख्याको ३४ प्रतिशतमात्र रहेको छ।
  • प्रतिवेदनले बालबालिका संख्या निरन्तर घट्दै गएको र २१०८ सालसम्म २२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।
  • २०७८ को तथ्यांक अनुसार ५ प्रतिशत बालबालिकाको १६–१७ वर्ष उमेर समूहमा विवाह भइसकेको र बालश्रम झाँगिदै गएको देखिएको छ।

१ माघ, काठमाडौं । नेपालको परिवार संरचनामा बालबालिका (१८ वर्षभन्दा कम) संख्या निरन्तर घट्दै गएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा आधारित रहेर राष्ट्रिय तथ्यांक कार्यालयले निकालेको ‘नेपालमा बालबालिकाको अवस्था’ विषयक प्रतिवेदन अनुसार परिवारमा बालबालिकाको अनुपात निरन्तर घट्दो छ ।

२०७८ को जनगणना अनुसार नेपालमा कुल ९८ लाख ६९ हजार ५ सय ८३ बालबालिका छन् । जुन कुल जनसंख्याको ३४ प्रतिशत हो । २०५८ सालको जनगणना अनुसार जनसंख्यामा बालबालिकाको हिस्सा ४६ प्रतिशत थियो । २० वर्षमा १२ प्रतिशत बिन्दुले बालबालिका संख्या घटेको छ । २०६८ सालमा ४२ प्रतिशत थियो ।

कार्यालयले गरेको प्रक्षेपणमा २१०८ सालसम्म बालबालिकाको प्रक्षेपित अनुपात २२ प्रतिशतमा सीमित हुने देखिएको छ ।

 

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेका अनुसार नतिजाले नेपालमा बालबालिकाको जनसंख्या स्पष्ट घट्दो क्रममा रहेको देखाएको छ । त्यसमा पनि बालबिवाह, गरिबी, आर्थिक सक्रियता, बसाइँसराइ र मानसिक स्वास्थ्यजस्ता चुनौतीसँग बालबालिका जुधिरहनुपरेको समेत देखिएको छ ।

यस्ता चुनौती समाधानका लागि लक्षित, समावेशी र प्रभावकारी नीतिगत हस्तक्षेप अपरिहार्य रहेको प्रतिवेदनको निष्कर्ष छ । बालबालिका संख्या निरन्तर घट्दा नेपाल निकट भविष्यमै अधिक उमेरको जनसंख्या धेरै रहेको मुलुकमा पुग्ने छ । यसले आर्थिक रूपमा सक्रिय जनसंख्या कम हुँदा मुलुकले जनसाङ्ख्यिक लाभ लिनबाट वञ्चित हुने स्पष्ट संकेत देखिएको छ ।

२९ प्रतिशत परिवारमा एक जना पनि छैनन् बालबालिका

तथ्यांक अनुसार नेपालका ७१ प्रतिशत घरपरिवारमा बालबालिका  छन् । कर्णाली प्रदेशमा सर्वाधिक ८१ प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ६२ प्रतिशत घरपरिवारमा कम्तीमा एक जना बालबालिका रहेको तथ्यांक छ ।

एक चौथाइभन्दा बढी अर्थात् २९ प्रतिशत घरपरिवारमा एक जना पनि बालबालिका नरहेको देखिन्छ । बालबालिका नभएका घरपरिवारको अधिक संख्या बागमती र गण्डकी प्रदेशमा बढी देखिएको छ ।

यी दुवै प्रदेश मानव विकास सूचकांक उच्च रहेका प्रदेश हुन् । कुल जनसंख्यामा हिसाब गर्दा सबैभन्दा धेरै बालबालिका मधेस प्रदेशमा २४ प्रतिशत र सबैभन्दा कम कर्णाली र गण्डकीमा ७/७ प्रतिशत छ ।

प्रतिपरिवार बालबालिका संख्या १.५

तथ्यांक अनुसार राष्ट्रियस्तरमा प्रतिपरिवार अहिले १.५ जना बालबालिका छन् । मधेस्मा भने प्रतिपरिवार २.१ जना बालबालिका रहेको तथ्यांक छ । बागमतीमा राष्ट्रिय औसतभन्दा पनि कम १.१ प्रतिशत बालबालिका रहेको देखिएको छ ।

राष्ट्रियस्तरमा आधाभन्दा बढी (५३ प्रतिशत) बालबालिका ०.९ वर्ष उमेर समूहको रहेको समेत तथ्यांकले देखाएको छ । नेपालका बालबालिकामध्ये ४५ प्रतिशत अतिविपन्न र विपन्न समूहभित्र पर्ने र यसले बालबालिकाको जोखिमजन्य अवस्था इङ्गित गर्ने समेत प्रतिवेदनले औँल्याएको छ ।

बालविवाह कायमै

तथ्यांक अनुसार ५ प्रतिशत बालबालिकाको १६–१७ वर्षको उमेर समूहमा विवाह भइसकेको देखिएको छ । यस्तो दर सबैभन्दा धेरै कर्णालीमा ९ र सबैभन्दा कम बागमतीमा ३ प्रतिशत छ ।

विवाहित किशोरीमध्ये २६ प्रतिशत कलिलो उमेरमै गर्भवती हुने र ३७ प्रतिशत बालिबालिका मात्र विवाहपछि पनि विद्यालय गइरहेको तथ्यांक देखाएको छ । अविवाहितमध्ये पनि ८९ प्रतिशत बालबालिका मात्र विद्यालय गइरहेको देखिएको छ ।

विवाहितमध्ये ५२ प्रतिशतले विद्यालय छाडेको र ११ प्रतिशत कहिल्यै विद्यालय नगएका बालबालिकाको संख्या छ । विवाहितमध्ये ६१ प्रतिशत बालबालिका आर्थिक रूपले सक्रिय रहेको देखिएको छ ।

बालश्रम झाँगिदै

तथ्यांकले नेपालमा बालश्रम समेत अझ झाँगिदै गएको संकेत गरेको छ । १० देखि १७ वर्ष उमेरमा आर्थिक रूपले सक्रिय बालबालिका संख्या ३२ प्रतिशत छ । त्यसमध्ये पनि १४ वर्षभन्दा कम उमेरका बालबालिका संख्या ३३ प्रतिशत छ । यस्तो संख्या कर्णालीमा सबैभन्दा बढी ४० प्रतिशत छ ।

आर्थिक रूपले सक्रिय बालबालिकामध्ये चार जनामा तीन भने अतिविपन्न र विपन्न वर्ग समूहभित्रका छन् । यसले गरिबी र सम्भावित बालश्रमतर्फ इङ्गित गरेको प्रतिवेदनमा देखिन्छ ।

देशभरि ३१ हजार ५ सय १२ बालबालिका घरमुलीको रूपमा छन् । यो ०.५ प्रतिशत हो । कुल बालबालिकामध्ये १ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता भएको देखिएको छ ।

२०७८ सालको जनगणना अनुसार एक चौथाइ बालबालिकाको जन्मदर्ता नै नभएको पाइएको छ । यो प्रवृत्ति सहरी क्षेत्रमा अधिक छ । यसो हुनुमा बालबालिकाका लागि उपलब्ध अनुदान हो । सोहीकारण कर्णाली र सुदूरपश्चिममा जन्मदर्ता दर अधिक छ ।

बसाइँसराइ मारमा बालबालिका

तथ्यांक अनुसार ७७.९ प्रतिशत बालबालिका आमा र बाबु दुवै जनासँगै बसिरहेको देखिन्छ । आमासँग मात्र बसिरहेका बालबालिका १७ र बुबासँग मात्र बसिरहेका बालबालिका १ प्रतिशत छन् । बालबालिकाको स्वदेश भित्रैको बसाइँसराइ दर १२ प्रतिशत छ ।

बागमतीमा यो सबैभन्दा धेरै १३ र मधेसमा सबैभन्दा कम १० प्रतिशत छ । बसाइँसराइ गरेका बालिबालिकाको ठूलो हिस्सा अर्धसहरी इलाकामा बढी (६६ प्रतिशत) देखिएको छ । अतिसम्पन्न र सम्पन्न परिवारमा बसाइँसराइ अधिक रहेको समेत तथ्यांकले देखाएको छ ।

विद्यालय कति जान्छन् ?

देशभरि औसत ९० प्रतिशतभन्दा अधिक बालबालिका विद्यालय गइरहेको र १० प्रतिशत विद्यालय बाहिर रहेको देखिन्छ । मधेसमा भने ८१ प्रतिशत बालबालिका मात्र नियमित विद्यालय जाने समूहमा परेका छन् । निरक्षर बालबालिका संख्या देशभरि ६ प्रतिशत छ । मधेसमा १४ प्रतिशत छ ।

बालबालिकामा आत्महत्याको डरलाग्दो प्रवृत्ति

स्वास्थ्य सुविधा र बालमृत्युमा समेत राज्यले गम्भीर कदम चाल्नुपर्ने अवस्थातर्फ प्रतिवेदनले संकेत गरेको छ । नेपालमा स्वास्थ्य सुविधा उपलब्धता एकसमान छैन ।

नेपालमा बालबालिकाको मृत्युमध्ये बालिका मृत्युको कारणमा ६ प्रतिशत हाराहारी आत्महत्या छ । बालकतर्फ ३ प्रतिशत यस्तो कारण देखिएको छ ।

गण्डकीमा सबैभन्दा धेरै ४ प्रतिशत र अन्य प्रदेशमा २ प्रतिशत बालमृत्युको कारण आत्महत्या देखिएको छ । यसले सम्बन्धित निकायको हस्तक्षेपकारी नीतिको आवश्यकता आँैल्याएको प्रतिवेदनमा उल्लेख छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More