― Advertisement ―

Bose, Apple, Sonos र Sennheiser: 6 EOFY हेडफोन सम्झौताहरू म वास्तवमा अडियो-गियर विशेषज्ञको रूपमा सिफारिस गर्छु

अष्ट्रेलियामा यो कर समय हो, र यसको मतलब क्षितिजमा राम्रो छुटको सम्भावना हुँदा, यसले EOFY डिलहरू र छुटहरू उत्पादनहरूको विशाल दायरामा।कहीँ पनि स्पष्ट छैन...
HomeLatest newsन्युयोर्कका मेयर मम्दानी भेट्न डोनाल्ड ट्रम्प तयार

न्युयोर्कका मेयर मम्दानी भेट्न डोनाल्ड ट्रम्प तयार


राष्ट्रिय

समाचार.

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीलाई भेट्न २१ नोभेम्बरमा ओभल अफिसमा सहमति जनाएका छन्।
  • ट्रम्पले मेयर चुनावअघि मम्दानीलाई भोट नदिन अपिल गरेका थिए र सहरको फन्डिङ कटौती गर्ने चेतावनी दिएका थिए।
  • मम्दानीले आफ्नो जितको भाषणमा ट्रम्पलाई ‘टर्न द भोल्युम अप’ भन्दै चुनौती दिएका थिए।

४ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीलाई भेट्न तयार भएका छन् ।

बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै मम्दानीले आफूसँग भेट्न समय मागेको कुरा ट्रम्पले उल्लेख गरेका छन्।

ट्रम्पले लेखेका छन्, ‘न्युयोर्कका कम्युनिस्ट मेयर, जोहरान मम्दानीले भेट्न आग्रह गरेका छन्। हामी यो भेटघाट शुक्रबार, २१ नोभेम्बरका दिन ओभल अफिसमा गर्न सहमत भएका छौँ। थप जानकारी पछि दिइनेछ!’

स्मरण रहोस्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेयरको चुनावअघि जोहरान मम्दानीलाई भोट नदिन अपिल गरेका थिए। उनले यदि न्युयोर्कले मम्दानीलाई चुन्यो भने उनले सहरको फन्डिङ (वित्तीय सहयोग) कटौती गर्ने चेतावनी दिएका थिए ।

उता मेयर चुनावमा जित हासिल गरेपछि, मम्दानीले आफ्नो भाषणमा क्यामेरातर्फ हेर्दै राष्ट्रपति ट्रम्पलाई चुनौती दिएका थिए।

उनले भनेका थिए, ‘डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईं हेर्दै हुनुहुन्छ, मसँग तपाईंका लागि चार शब्द छन्- टर्न द भोल्युम अप (आवाज बढाउनुहोस्)।’

मम्दानीको जितको भोलिपल्ट ट्रम्पले मानिसहरू ‘न्युयोर्क छोडेर भाग्नेछन्’ भन्ने प्रतिक्रिया दिएका थिए।





Read More