― Advertisement ―

‘ह्याक गरिएको’: ह्याकरले Seiko USA वेबसाइटलाई बिगार्छ र ‘पूरा ग्राहक डाटाबेस’ को चोरीको दाबी गर्छ – यहाँ हामीलाई थाहा छ

सेइको यूएसएड वेबसाइट आक्रमणकारीहरूले Shopify ब्याकएन्ड उल्लङ्घन दाबी गर्छन्धम्की अभिनेताहरूले पूर्ण ग्राहक डाटाबेसको चोरीको आरोप लगाउँछन्, 72 घण्टा भित्र फिरौती माग्छन्अहिलेसम्म कुनै डार्क वेब...
HomeLatest newsनेफ्स्कुन सञ्चालक देवकुमार श्रेष्ठ कालोसूचीमा हुँदा पनि पदमै बहाल

नेफ्स्कुन सञ्चालक देवकुमार श्रेष्ठ कालोसूचीमा हुँदा पनि पदमै बहाल


राष्ट्रिय

समाचार.

  • नेफ्स्कुन सञ्चालक देवकुमार श्रेष्ठ कर्जा सूचना केन्द्रको कालोसूचीमा परे पनि पदमा बहाल छन्।
  • सहकारी नियमन प्राधिकरणको मापदण्ड अनुसार कालोसूचीमा परेका सञ्चालक स्वतः पदमुक्त हुने व्यवस्था छ।
  • नेफ्स्कुनमा राजनीतिक संरक्षणका कारण नियम उल्लंघन, खराब कर्जा र वित्तीय समस्याहरु देखिएका छन्।

१६ पुस, काठमाडौं । बचत तथा ऋण सहकारी संस्था केन्द्रीय संघ (नेफ्स्कुन) सञ्चालक समितिमा दोहोरो पदमात्र नभई कालोसूचीमा परेका सञ्चालक समेत बहाल छन् ।

संघ सञ्चालक देवकुमार श्रेष्ठ चेक बाउन्समा कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्दा पनि पदमा बसिराखेका हुन् ।

सहकारी सम्बन्धी कुनै पनि कानुनी व्यवस्थाले कालोसूचीमा परेको व्यक्तिलाई सञ्चालक पदमा बहाल रहन दिँदैन । तर, सञ्चालक श्रेष्ठ आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परे पनि राजनीतिक संरक्षणका आधारमा सञ्चालक पद जोगाइराख्न सफल भएका हुन् ।

कर्जा सूचना केन्द्रको कालोसूची विवरणमा श्रेष्ठको नाम २००६८४ नम्बरमा छ । श्रेष्ठ नेफ्स्कुन सञ्चालकमा मुनाल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको प्रतिनिधि भई आएका हुन् । केन्द्रले श्रेष्ठलाई २९ मंसिरदेखि लागु हुने गरी कालोसूचीमा राखेको हो ।

श्रेष्ठले एनआईएसी एसिया बैंकको खातामा पर्याप्त रकम नभई चेक जारी गरेपछि केन्द्रले कालोसूचीमा राखेको हो । श्रेष्ठले भुक्तानी गर्नुपर्ने पक्षलाई झुक्याइ खातामा पैसा नभई ९ लाख ८५ हजारको चेक जारी गरेको र कालोसूचीको कानुनी प्रक्रिया अनुसार खातावालालाई जानकारी गराउँदा समेत खातामा पर्याप्त रकम जम्मा नगरेपछि केन्द्रले कालोसूचीमा राखेको जनाएको छ ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको ‘सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापन सम्बन्धी मापदण्ड’ को परिच्छेद ७ अन्तर्गत दफा १.७ अनुसार कुनै पनि सञ्चालक कालोसूचीमा परे तथा स्वयं वा परिवारका सदस्यले लिएको वा जमानी दिएको ऋण खराब वर्गमा वर्गीकृत भए त्यस्तो सञ्चालक स्वत: पदमुक्त हुने व्यवस्था छ ।

उक्त मापदण्डको व्यवस्था स्वत: लागु हुने भएको हुँदा श्रेष्ठ संघ सञलक सदस्यको हैसियतमा कायम रहन सक्दैनन् । यस सन्दर्भमा नेफ्स्कुनमा पनि उजुरी आएको नेफ्स्कुनकै एक अधिकारीले बताए ।

‘संघमा आएको उजुरी उपर अध्ययन भइरहेको छ,’ ती अधिकारीले , ‘नियम विपरीत पदमा बहाल भएको भए कारबाही हुन्छ, सञ्चालक पदबाट निलम्बन गरिन्छ ।’

संघले निलम्बन गर्नुपर्ने अवस्था आउनुभन्दा अघि नै सञ्चालक श्रेष्ठ पदबाट बाहिरिँदा उपयुक्त हुने ती अधिकारीको भनाइ छ । श्रेष्ठ एकै पटक दुई संस्थामा सञ्चालक रहेको भन्दै विवादमा तानिएका थिए । पछिल्लो समय सहकारी विभागले दोहोरो पदमा भएको व्यक्तिले एक पद छाडेर कानुन कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

नेफ्स्कुनमा व्यावसायिक सहकारीको अभ्यासभन्दा पनि राजनीति हावी छ । राजनीतिक संरक्षणका कारण नेफ्स्कुन नै समस्यामा पर्न लागेको छ । नियम कानुन पालना गर्ने सन्दर्भमा समेत नेफ्स्कुन निकै कमजोर अवस्थामा छ ।

राजनीतिक शक्तिको आडमा नियामकलाई अटेरी गर्ने तथा गैरकानुनी गतिविधि गर्ने नेफ्स्कुनका लागि समान्य जस्तो छ । नेफस्कुनमा भएका कानुन विपरीत अभ्यासबारे अनलाइनखबरले निरन्तर समाचार लेख्दै आएको छ । पछिल्लो समय नेफ्स्कुनको वित्तीय अवस्थामा देखिएको समस्याका विषयमा समेत समाचार प्रकाशन भएको छ ।

राजनीतिक दबदबाका कारण नेफ्स्कुनमा सुशासनका समस्या पनि उस्तै रहेको ती अधिकारीले बताए । ‘लेखा परीक्षण प्रतिवेदन समेत कैफियत सहित आएको छ,’ ती अधिकारीले भने, ‘गैरकाुननी गतिविधि बढेपछि ढाकछोप गर्न लेखा परक्षिण प्रतिवेदन पनि जालझेलपूर्ण तयार पारिएको छ ।’

संघको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति उल्लेख्य रहेको बताउँदै करिब २० अर्बको हाराहारीमा रहेको बचत समत जोखिममा परेको उनले बताए ।

नेफ्स्कुनका सन्दर्भमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले समेत जालझेलमा सहयोग गरेको देखिन्छ । संघलाई खराब कर्जा व्यवस्थापन गर्न कर्जा नोक्सानी गर्न नपरोस् भन्दा प्राधिकरणले नै नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत निर्देशन जारी गरेको छ ।

सोही निर्देशन देखाउँदै संघले पनि खराब कर्जालाई नोक्सानी नगरी गैरबैंकिङ बनाइ संस्था ठिकठाक रहेको देखाइएको ती अधिकारीको भनाइ छ ।

संघभित्र हावी राजनीति, अनियमितता तथा दण्डहीनताका सन्दर्भमा नियामकले समयमा ध्यान नदिएको खण्डमा संघ समस्या पर्ने निश्चित रहेको उनको दाबी छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More