― Advertisement ―

‘पागल माग’: केहि म्याक मिनी र म्याक स्टुडियो मोडेलहरू अब एप्पलमा स्टक बाहिर छन्, तर यो स्पष्ट छैन कि कारणहरू के हुन् – RAM...

कुनै स्टुडियो म्याकमिनी मोडेलहरू छैनन् उपलब्धया अभाव RAM र भण्डारण समस्याहरूसँग जोडिएको हुन सक्छयी म्याकहरूको लागि एक M5 चिपसेट रिफ्रेस पनि छिट्टै हुने अपेक्षा...
HomeLatest newsनेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बजेट स्वीकृत

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बजेट स्वीकृत



१२ मंसिर, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बजेट स्वीकृत भएको छ । शुक्रबार बसेको ४९ औं प्राज्ञसभाले बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।

सभाले प्रतिष्ठानको आ.व. २०८१/०८२ को कार्यक्रमको प्रगतिको समीक्षा गर्दै स्वीकृत गरेको हो । यस्तै सभाले आ. व. २०८२/०८३ मा प्रतिष्ठानमा सञ्चालन गरिने कार्यक्रमहरु पनि स्वीकृत गरेको छ ।

सभाले नेपाल सरकारबाट प्राप्त बजेटमा चालुतर्फ ३४ करोड ९४ लाख, पूँजीगततर्फ २ करोड ८३ लाख तथा वैदेशिक तथा अन्य सहयोगबाट ४६ लाख ४५ हजार र आन्तरिक स्रोतबाट २ करोड २४ लाख ९५ हजार गरी कूल ४० करोड ४७ लाख ९५ हजार को वार्षिक कार्यक्रम बजेट पनि स्वीकृत गरेको छ ।

आ. व. २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदनमा औंल्याइएका विषयहरुमा समुचित ध्यान दिई आगामी वर्षमा आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।

४९ औं प्राज्ञसभाले प्रतिष्ठानबाट २०८२ सालमा प्रदान गरिने विज्ञान तथा प्रविधिका १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

सो अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले नास्ट स्थापनाको ४ दशक पार गरिसकेको अवस्थामा विज्ञान तथा प्रविधिको क्षेत्रमा के कति योगदान दिन सकियो स्वमूल्याङ्कन गर्न आग्रह गरे ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. दिलीप सुब्बाले प्राज्ञसभा आयोजनाको मुख्य उद्देश्यमाथि प्रकाश पार्दै नियमित अनुसन्धानका अलावा युवाहरुमा अनुसन्धान क्षमता वृद्धि गर्न प्रशिक्षण तथा नवप्रवर्तन र उद्यमशिलतातर्फ प्रेरित गर्न अभिमुखीकरणजस्ता कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गरिरहेको जानकारी दिए ।

प्रतिष्ठानका सचिव डा. रवीन्द्र प्रसाद ढकालले कार्यसूचीहरु अनुमोदनका लागि प्राज्ञसभा समक्ष प्रस्तुत गरेका थिए ।

प्राज्ञसभाको अन्त्यमा धन्यवाद ज्ञापन प्रतिष्ठानका प्राज्ञ प्रा. डा. विजया पन्तले गरेका थिए ।





Read More