― Advertisement ―

डच अधिकारीहरूले 17 मिलियन बलियो बटनेट सम्झौता यन्त्रहरू भत्काए

Dutch ‑Device‑DeviceManc-Net 200 सर्भरहरू डाउन गरेर Asocks, पहिले नि: शुल्क एन्ड्रोइड VPN एपहरूसँग जोडिएको र रूसी ह्याकिङ फोरमहरूमा प्रचार गरिएको, प्रस्ताव गरिएको आवासीय प्रोक्सीहरू...
HomeLatest newsनेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल आज – KhabarHost

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल आज – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल आज बेलुकी पौने ८ बजे ढाकामा हुँदैछ।
  • नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने बताएका छन्।
  • नेपाली टोलीका कप्तान किरण चेम्जोङले बंगलादेशसँगको खेल प्रतिस्पर्धात्मक हुने र जितका लागि खेल्ने बताए।

२७ कात्तिक, काठमाडौं । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल ढाकामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपालले यसपछि १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खेल खेल्दैछ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलका लागि नेपाली टोली तयार भएको बताएका छन् ।

प्रशिक्षक खड्काले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने बताएका हुन् । बंगलादेशी टिमले यस खेलमा भने हम्जा चौधरीलाई खेलाउँदै छ । नेपालमा भएको मैत्रीपूर्ण खेलमा भने उनी टोलीमा थिएनन् ।

हम्जा खेल्नेबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै खड्काले भने, ‘हम्जा खेल्नाले बंगलादेशलाई अझै सन्तुलित बनाउँछ । तर हामी डराउँदैनौं, किनभने फुटबलमा व्यक्तिगत भन्दा पनि टिम गेम हेरिन्छ।’

खड्काले विपक्षीको बलियो र कमजोर पक्षको विश्लेषण गरिएको बताउँदै हम्जाको उपस्थिति हुँदा बंगलादेशसँग त्यसैअनुरुपको रणनीतिले खेल्ने उल्लेख गरे ।

यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि बंगलादेशसँगको खेल प्रतिस्पर्धात्मक हुने बताउँदै जितका लागि खेल्ने बताए । उनले यस खेलबाट मलेसियासँगको एसियन कप छनोट खेललाई मद्दत पुग्ने टिप्पणी गरे।

यसअघि गत भदौमा नेपालमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । दुई खेल हुने तय भएपनि जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More