― Advertisement ―

सिलिकनका लागि दुई पटक भुक्तान गर्दा कहिल्यै पकडिएन, र इंटेलले अन्ततः यसलाई जताततै प्लग तान्यो।

इन्टेल बन्द भयो ग्राहकले पुन: भुक्तानी गरेपछि मागमा सिलिकनSDSi अभिलेखले एड-अनको रूपमा बेचेको हार्डवेयर सुविधाहरूको अन्त्यको सङ्केत गर्दछक्लाउड खरिदकर्ताहरूले प्रोसेसरहरूमा पहिले नै फ्युज गरिएका...
HomeLatest newsनेपाल र्‍याफ्टिङ एन्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम – KhabarHost

नेपाल र्‍याफ्टिङ एन्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम – KhabarHost


राष्ट्रिय

समाचार.

  • चितवनको फिस्लिङमा सम्पन्न नवौं राष्ट्रिय र्‍याफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोनिङ प्रतियोगितामा नेपाल र्‍याफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ ले समग्रमा प्रथम स्थान हासिल गरेको छ।
  • फिस्लिङ ‘ए’ ले स्लालममा ३००, हेड–टु–हेडमा ३५० र डाउन रिभर रेसमा ३२२ अंक प्राप्त गरी कुल ९७२ अंक जोडेर उपाधि जितेको हो।
  • कायक स्लालोम विधामा विजय माझी च्याम्पियन बनेका छन् र अध्यक्ष श्रेष्ठले उत्कृष्ट ५ खेलाडीलाई एसियाली खेलकुद छनोट प्रक्रियामा सहभागी गराइने बताए।

२१ माघ, काठमाडौं । चितवनको फिस्लिङमा सम्पन्न नवौं राष्ट्रिय र्‍याफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोनिङ प्रतियोगितामा नेपाल र्‍याफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ ले समग्रमा प्रथम स्थान हासिल गरेको छ ।

मंगलबार प्रतिस्पर्धाको अन्तिम दिन र्‍याफ्टिङका तीनवटै मुख्य विधामा उत्कृष्ट प्रदर्शन गर्दै फिस्लिङ ‘ए’ ले कुल ९७२ अंक जोडेर उपाधि जितेको हो ।

सहभागी कुल १२ क्लबलाई पछि पार्ने क्रममा फिस्लिङ ‘ए’ ले स्लालममा ३००, हेड–टु–हेडमा ३५० र डाउन रिभर रेसमा ३२२ अंक प्राप्त गर्‍यो ।

प्रतियोगितामा ८९९ अंकसहित प्याडल नेपाल ‘बी’ दोस्रो र ८५१.५ अंकसहित र्‍याफ्टिङ एड्भेन्चर नेपाल तेस्रो भए । त्यस्तै, भोटेकोशी एड्भेन्चर क्लबका ‘ए’ र ‘सी’ टोली क्रमशः चौथो र पाँचौं स्थानमा सीमित रहे ।

प्रतियोगिताको कायक स्लालोम विधामा विजय माझी च्याम्पियन बनेका छन् । माझीले निर्धारित दूरी १२४.५१ स्कोरका साथ पूरा गर्दै शीर्ष स्थान हासिल गरे । सोही विधामा आशिष रानामगर १२६.९२ स्कोरसहित दोस्रो स्थानमा रहे।

रन्जन कँडेल, रविन्द्र चेपाङ र रुबिन तामाङले क्रमशः तेस्रो, चौथो र पाँचौं स्थान सुरक्षित गरे । र्‍याफ्टिङतर्फ प्रथम हुने टोलीले ६५ हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गरे । कायक स्लालोमतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ हात पारे ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा आयोजित उक्त प्रतियोगिताका विजयी खेलाडीहरूलाई परिषद्का सदस्य सचिव तथा प्रमुख अतिथि दिपक लामा, नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ तथा एसियन र्‍याफ्टिङ एसोसिएसनका अध्यक्ष सौगत पाल सिकंदले पुरस्कार तथा मेडल वितरण गरे ।

समापन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले क्यानोइङ स्लालोम विधामा उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीहरूलाई जापानमा आयोजना हुने एसियाली खेलकुदको पहिलो चरणको छनोट प्रक्रियामा सहभागी गराइने बताए ।





Read More