राष्ट्रिय
समाचार.
- नेपाल बैंकको निष्क्रिय कर्जा असोज मसान्तसम्म ५.४९ प्रतिशत पुगेको छ, जुन गत वर्षको ३.९५ प्रतिशतभन्दा बढेको हो।
- बैंकको खुद नाफा पहिलो त्रैमासमा ५८ करोड ८२ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ६० करोड २१ लाख रुपैयाँभन्दा २.३ प्रतिशत कम हो।
- वितरणयोग्य नाफा ५७ करोड रुपैयाँ ऋणात्मक छ र प्रतिसेयर वितरणयोग्य नाफा १५.०५ रुपैयाँ ऋणात्मक रहेको छ।
२१ कात्तिक, काठमाडौं । नेपाल बैंकको निष्क्रिय कर्जा बढेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा निष्क्रिय कर्जाको अंश असोज मसान्तसम्म ५.४९ प्रतिशत पुगेको छ । गत वर्षको यसै अवधिमा यस्तो कर्जा ३.९५ प्रतिशत थियो ।
बैंकको खुद नाफा २.३ प्रतिशत घटेको छ । पहिलो त्रैमासमा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ६० करोड २१ लाख रुपैयाँ थियो ।
वितरणयोग्य नाफा ५७ करोड रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर वितरणयोग्य नाफा १५.०५ रुपैयाँ ऋणात्मक हो । बैंकको पाकेको साँवा तथा ब्याज असुली हुन नसक्दा वितरणयोग्य नाफा ऋणात्मक हुनुका साथै निष्क्रिय कर्जा बढेको देखिन्छ ।
खुद ब्याज आम्दानी १६।३ प्रतिशत बढेको छ । यस्तो आम्दानी पहिले २ अर्ब २० करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ५६ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १६.०१ रुपैयाँ छ ।
त्यस्तै प्रतिसेयर नेटवर्थ १६०।३२ रुपैयाँ छ । बजार मूल्य प्रतिसेयर नेटवर्थभन्दा न्यून छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २४८।४० रुपैयाँ छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

