― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsनेपाल ट्रष्टको जग्गा लिजमा कसरी भएको थियो साढे ५ अर्बको ‘चलखेल’ ?

नेपाल ट्रष्टको जग्गा लिजमा कसरी भएको थियो साढे ५ अर्बको ‘चलखेल’ ?


राष्ट्रिय

समाचार.

  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्कीलाई दरवारमार्गस्थित जग्गा लिज अनियमिततामा पक्राउ गरी अनुसन्धान थालेको छ।
  • नेपाल ट्रष्टले ३० वर्षका लागि थमसेर्कु डेभलपर्सलाई दरवारमार्गको दुई रोपनी जग्गा लिजमा दिँदा करिब पाँच अर्ब ५८ करोड रुपैयाँ अनियमितता भएको छ।
  • थमसेर्कुले प्रतिस्पर्धीको भन्दा कम रकम तिर्ने प्रस्ताव दिए पनि चलखेल गरी कुल ६ अर्ब २६ करोडको साटो १ अर्ब ४० करोड रुपैयाँ तिर्ने सम्झौता गरेको पाइएको छ।

२३ कार्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि नेपालको दरवारमार्गस्थित जग्गा लिजमा दिँदा भएको अनियमितताको घटना फेरि सतहमा आएको छ ।

नेपाल ट्रष्टको कार्यालयले एक दशकअघि दरवारमार्गको मुख्य चोकमा रहेको झण्डै दुई रोपनी जग्गा यति समूहको थमसेर्कु डेभलपर्सलाई ३० वर्षका लागि लिजमा दिएको थियो । ३० वर्षको अवधिका लागि जग्गा लिजमा दिँदा राज्यकोषमा करिब साढे पाँच अर्ब रुपैयाँ अनियमितता भएको भनी त्यतिबेला नै प्रश्न नउठेको होइन ।

कसरी भयो, साढे पाँच अर्ब रुपैयाँ तलमाथि ?

नेपाल ट्रष्टको सञ्चालक समितिले २८ साउन २०७१ मा दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा लगाउने कार्यक्रम स्वीकृत गरेको थियो । लिजका लागि बोलपत्र आह्वान गर्दा ६ वटा कम्पनीहरुले भाग लिए ।

प्रतिस्पर्धाको क्रममा चलाखी गरेर थमसेर्कुले दुईथरी विवरण राखेको थियो । उसले बोलपत्र प्रस्तावको विस्तृत खण्ड र सारांशमा फरक–फरक विवरण पेश गरेको थियो । त्यतिबेला प्रतिस्पर्धामा रहेकामध्ये खास स्टिलले ६२ करोड २४ लाख र अद्रिसिय लिजोनज ज्वाइन्ट भेञ्चरले २६ करोड २८ लाख रुपैयाँ प्रस्ताव गरेका थिए ।

त्यतिबेला थमसेर्कु डेभलपर्सले कुल ३० वर्षलाई सातवटा अवधिमा बाँडेर रकम बुझाउने प्रस्ताव गरेको थियो । उसको प्रस्ताव अनुसार, शुरुका तीन वर्ष थमसेर्कुले भवन बनाउँथ्यो, त्यतिबेला वार्षिक डेढ करोड रुपैयाँका दरले नेपाल ट्रष्टलाई रकम बुझाउने प्रस्ताव थियो ।

त्यसपछि भने हरेक पाँच वर्षको अवधिमा रेट परिवर्तन हुनेगरी वार्षिक भाडाको प्रस्ताव थियो । अन्तिम वर्ष २३ करोड ७४ लाख रुपैयाँका दरले दुई वर्ष लिजबापत रकम तिर्ने प्रस्ताव थियो ।

३० वर्षको कुल अवधिमा तीन वर्ष भवन निर्माणका लागि समय लाग्थ्यो भने २७ वर्ष थमसेर्कुले भाडामात्रै उठाउँथ्यो र लिजबापतको रकम ट्रष्टलाई बुझाउने प्रस्ताव थियो । ३० वर्षको अवधिमा थमसेर्कुले ६ अर्ब २६ करोड रुपैंया लिजको रकम तिर्ने प्रस्ताव थियो । भवन बनाउन करिब २० करोड हाराहारीमा खर्च लाग्ने हिसाब निकालिएको थियो ।

तर, आफ्ना प्रतिस्पर्धीहरुले निकै सस्तोमा रकम बुझाउने प्रस्ताव राखेको थाहा पाएपछि थमसेर्कुका सञ्चालकहरुले नेपाल ट्रष्टका पदाधिकारीहरु र राजनीतिक तहमा पहुँच पु¥याएर चलखेल गरे । अनि बोलपत्र मूल्यांकनको अवधि नाघेपछि थमसेर्कुलाई फाइदा हुने गरी प्रस्ताव स्वीकृत गरेको थियो ।

पछि भने कुल रकम होइन कि दररेटलाई नै जोडेर हिसाब निकालियो । अनि ६ अर्ब २६ करोड रुपैयाँको साटो थमसेर्कुले तीस वर्षमा एक अर्ब ४० करोड रुपैयाँ तिरे पुग्ने भनी सम्झौता भयो । त्यसबाट मात्रै नेपाल ट्रष्टलाई चार अर्ब ८६ करोड रुपैयाँ घाटा लाग्छ ।

थमसेर्कुले यो अवधिमा भवन निर्माणको तीन वर्षको अवधि समेत छुट्याएर त्यसपछि थप ३० वर्षका लागि लिज सम्झौता गरेको देखिन्छ । त्यसो हुँदा उसले आफैंले गरेको प्रस्ताव विपरीत झुक्याएर थप ७१ करोड २२ लाख रुपैयाँ अतिरिक्त लाभ लिन्छ ।

यसरी निर्माण अवधिको तीन वर्ष र थप ३० वर्षको लिजबाट राज्यकोषलाई करिब ५ अर्ब ५८ करोड रुपैयाँ नोक्सान हुने देखिन्छ । भूइँतला बाहेक तीन तलामात्रै भवन निर्माण हुने भनेकोमा थमसेर्कुले एक तला अझै थपेर भाडामा दिइरहेको छ। त्यसबापत उसले राज्यकोषमा नोक्सान हुनेगरी पाएको थप अतिरिक्त लाभको हिसाबकिताब यसमा समावेश छैन।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More