― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsनेपाल जेनजी फ्रन्टले जागरण सभा सञ्चालन गर्दै, पहिलो कार्यक्रम दमकमा

नेपाल जेनजी फ्रन्टले जागरण सभा सञ्चालन गर्दै, पहिलो कार्यक्रम दमकमा



२८ मंसिर, काठमाडौं । नेपाल जेन-जी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरण सभा झापा क्षेत्रनम्बर ५ बाट सुरु हुनेछ ।

सरकार र जेन-जी जनआन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछि नेपाल जेन-जी फ्रन्टले अभियान घोषणा गरेको हो ।

झापाको दमकबाट आजै अभियानको सुरु हुनेछ । यो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको क्षेत्र पनि हो ।

कार्यक्रममा स्थानीय रूपमा जेनजी आन्दोलनमा सक्रिय जेनजी अगुवादेखि नागरिक समाजका प्रतिनिधि साथै राष्ट्रियस्तरमा जेनजी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपाल जेनजी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णका अनुसार नेपाल जेनजी फ्रन्टकातर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा र काउन्सिल अफ जेनजीका प्रदेश नं. १ संयोजक उपार्जुन चाम्लिङ लगायत वक्ताका रहनेछन् । ओझा झापा क्षेत्र नं. ५ कै स्थायी बासिन्दा र मतदाता समेत हुन् ।

कर्णका अनुसार यस जागरण सभाको उद्देश्य जेनजी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको छ ।





Read More