― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsनेपाली सवार बस भारतको बलरामपुरमा ट्रकसँग ठोक्किएर आगलागी

नेपाली सवार बस भारतको बलरामपुरमा ट्रकसँग ठोक्किएर आगलागी



१६ मंसिर, काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने बलरामपुर जिल्लामा नेपालीहरू सवार बस ट्रकसँग ठोक्किएर आगो लागेको छ ।

आगोमा जलेर बसमा सवार ३ जनाको मृत्यु पुष्टि भएको छ । २४ जना घाइते भएका छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ । मृतक र घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।

यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे २ बजेतिर कोतवाली देहात थाना क्षेत्रको फुलबरिया सडकमा ठोक्किएका हुन् ।

बस करिब १०० मिटरसम्म घिस्रिँदै गएर हाइटेन्सन लाइनको बिजुलीको खम्बासँग ठोक्किएको थियो । खम्बा भाँचिएर बसमाथि खस्दा करेन्ट फैलिएको र आगो लागेको भारतीय मिडियाहरूले जनाएका छन् ।

सो बस नेपाल–भारत सिमाना नजिकको सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । बसमा ४५ यात्रु सवार थिए । तीमध्ये अधिकांश नेपाली रहेको दैनिक भाष्करले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More