― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsनेपाली भाषी एकताका ‘पोस्टर ब्वाई’ – KhabarHost

नेपाली भाषी एकताका ‘पोस्टर ब्वाई’ – KhabarHost



२७ पुस, काठमाडौं । सलमान खान स्टारर ‘ब्याटल अफ गलवान’ को छायांकन सकेर प्रशान्त तामाङ डबिङ तयारीमा थिए ।

भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको यो फिल्म १७ अप्रिलमा रिलिज हुँदैछ, जहाँ प्रशान्तको पनि महत्त्वपूर्ण भूमिका छ । बलिउड डेब्यूको सपनाले मूर्त रूप लिन नपाउँदै उनै प्रशान्तले आइतबार अन्तिम सास लिए ।

केही साताअघि पंक्तिकारसँग प्रशान्त तामाङले बलिउड डेब्यू र वेब–सिरिज ‘पाताल लोक’ को सिजन-२ बारे कुराकानी गरेका थिए । ५ मंसिरमा रिलिज भएको ‘पहिचानको लडाइँ’ उनको अन्तिम नेपाली फिल्म बन्यो । बक्सअफिसमा गुमनाम भए पनि यो फिल्ममा प्रशान्तको अभिनयको प्रशंसा भने भयो ।

‘ड्यानियल स्पाइडर’ पात्रको भूमिकामा वेब-सिरिजमा प्रशान्त तामा

‘हिम्मत-२’ बाट नेपाली फिल्ममा पार्श्वगायकको रूपमा डेब्यू गरेका प्रशान्तले बहुचर्चित ‘गोर्खा पल्टन’ बाट नेपाली फिल्मको अभिनयमा यात्रा थालेका थिए ।

त्यसयता उनले अँगालो यो मायाको, किन मायामा, धड्कनभित्र, निशानी, परदेशी र परदेशी-२ मा पनि काम गरिसकेका छन् ।

सन् २००७ मा भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजन जितेयता तामाङ नेपाली भाषीलाई जोड्ने ‘पोस्टर ब्वाय’ बने । सोनी टिभीको उक्त शोमा प्रशान्तलाई जिताउन नेपालीले लाखौं खर्चिएर भोट गरे । नेपालीको भोटकै बलमा जितेका तामाङ लोकप्रिय पनि बने ।

‘ब्याटल अफ गलवान’ को मुम्बई सेटमा अन्य कलाकारसँग प्रशान्त ।

‘इन्डियन आइडल’ मा जितेपछिको उत्कर्षको समयमा नारायण रायमाझी र राजेश वंशलले उनलाई नेपाली फिल्म ‘गोर्खा पल्टन’ फिल्ममा हिरोको रूपमा डेब्यू गराए ।

यो फिल्ममा प्रशान्तले लाहुरेको भूमिका निर्वाह गरेका थिए । उक्त फिल्मको गीत ‘जाउँला रेलैमा सरर’ ले प्रशान्तलाई नेपाली चलचित्र र संगीत क्षेत्रमा पनि चर्चा दिलायो ।

नेपाली राष्ट्रियतालाई नेपालको सीमा र भूगोलभन्दा बाहिर कलाको माध्यमबाट फैलाउने कार्यमा तामाङको योगदान उच्च छ ।

विश्वभर छरिएका नेपाली भाषीलाई संगीत र चलचित्रमार्फत राष्ट्रिय एकताको सूत्रमा जोड्ने कार्यमा तामाङको अपूरणीय योगदान छ ।

विशेषगरी, पूर्वोत्तर भारतीय राज्यमा रहेका अल्पसंख्यक नेपाली भाषीलाई ‘इन्डियन आइडल’ जस्तो ग्लोबल टिभी कार्यक्रमबाट उनले भारतीय मूलधारमा जोड्न भूमिका खेले ।

उनी खुलेर ‘गोर्खाल्यान्ड’ को आन्दोलन र मुद्दाको पक्षमा त लागेनन् तर, उनले आफ्ना कर्मबाट सबैलाई नेपाली भाषीको राष्ट्रिय एकतामा बाँध्ने काम गरे । भारत मात्र होइन, नेपाल भित्र समेत उनको ख्यातीले भाषा र दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई घनिभूत बनाउन भूमिका खेल्यो ।

नेपाली राष्ट्रियतालाई नेपालको सीमा र भूगोलभन्दा बाहिर कलाको माध्यमबाट फैलाउने कार्यमा तामाङको योगदान उच्च छ । जतिबेला प्रशान्तले इन्डियन आइडलको मञ्चबाट उपाधि उचाले, त्यतिबेला उनले लगाएको ‘ढाका टोपी’ एउटा राष्ट्रिय विम्ब बन्यो । त्यसयता प्रशान्तले केही समय संगीत र फिल्ममा आफ्नो जीवनको महत्त्वपूर्ण ऊर्जा र समय खर्चिए ।

आफ्ना संगीतमा राष्ट्रियता र प्रेमको मिश्रण गरेर दर्शक तथा स्रोताको मन जितेका प्रशान्तले असारे महिनामा, वीर गोर्खाली र मन साइँलीजस्ता हिट गीत दिए । असारे महिनामा र मन साइँलीले मार्फत उनले प्रेम भाव पस्किए । ‘वीर गोर्खाली’ मार्फत उनले नेपाली गौरव र राष्ट्रियतालाई जगाउने प्रयास गरे ।

‘जाउँला रेलैमा सरर’ गीतमार्फत उनले लाहुरे र दार्जिलिङको रेल परम्परालाई चित्रण गरे । ‘गोर्खा पल्टन’ उनको करिअरको सबैभन्दा ठूलो हिट फिल्म बन्यो । व्यावसायिक र समीक्षात्मकरूपमा रुचाइएको यो फिल्ममार्फत निर्देशक तथा संगीतकार नारायण रायमाझीले नेपालको विशिष्ट लाहुरे परम्परालाई दर्शकसामु पस्किएका थिए ।

पहिलोपटक प्रशान्त नेपाल आउँदा उनका अनन्य मित्र राजेश घतानीले यस पंक्तिकारलाई बौद्धमा भेटाएका थिए । त्यसबेला, उनको स्टारडमको जुन क्रेज नेपालीमाझ देखिएको थियो, त्यो विरलै सेलिब्रेटीमा देख्न सकिन्छ ।

अल्पायुमा महाप्रस्थान गरेका प्रशान्तले यो छोटो जीवनमा मुलुक र राष्ट्रियताका लागि जे गरे, त्यो सँधै स्मरणीय रहिरहनेछ ।

पछिल्लो समय प्रशान्त संगीतभन्दा अभिनयमा ज्यादा व्यस्त रहे । नेपालभन्दा भारतमै रहेर उनी बलिउडमा आफूलाई स्थापित गराउन लागिरहे । खेलमा समेत निकै रुचि राख्ने उनी इङ्लिस प्रिमियर लिगको एक क्लब म्यानचेस्टर युनाइटेडका ठूला फ्यान थिए । यो क्लबको खेल हेर्न उनले कतिपटक बेलायतको यात्रा गरिसकेका छन् ।

अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ गत जनवरीमा रिलिज भएको थियो । यो श्रृंखलामा तामाङलाई स्निपर ड्यानिलको भूमिकामा देख्न सकिन्छ । सिरिजमा उनी भिलेनको चरित्रमा देखिएका थिए । तामाङको सशक्त र रहस्यमय स्निपर डेनियलको चित्रणले कथामा महत्त्वपूर्ण तह थपेको छ जसले दर्शक र समीक्षकबाट प्रशंसा प्राप्त गरेको थियो ।

परिवारसहित प्रशान्त ।

पंक्तिकारसँगै केही समयअघि कुराकानी हुँदा प्रशान्तले आफ्नो बलिउड डेब्यूलाई सपनाको रूपमा अर्थ्याएका थिए । रोचक के छ भने, अर्का नेपाली अभिनेता अनुपविक्रम शाहीले पनि प्रशान्तसँगै उक्त फिल्ममा डेब्यू गरेका थिए । दुवै नेपाली कलाकारका लागि सलमान खानसँगको उक्त फिल्म सपनाजस्तै हो ।

विश्वभरका नेपाली भाषीलाई जोड्ने ‘पोस्टर ब्वाय’ प्रशान्तका लागि ‘ब्याटल अफ गलवान’ एक ट्रिब्युट चलचित्र हुनेछ । अल्पायुमा महाप्रस्थान गरेका प्रशान्तले यो छोटो जीवनमा मुलुक र राष्ट्रियताका लागि जे गरे, त्यो सँधै स्मरणीय रहिरहनेछ ।





Read More