― Advertisement ―

धातुहरू ह्यान्डल गर्ने तरिकामा अप्रत्याशित परिवर्तन मार्फत संसारको सबैभन्दा कठिन सामग्रीहरू छाप्ने काम सम्भव भयो।

टंगस्टन कार्बाइड प्रिन्टिङ वा बिना रुम गर्न सकिन्छ। बललेजर र तातो तारले धातुलाई तहहरू बन्ड गर्न पर्याप्त मात्रामा नरम बनाउँछपूर्ण पग्लनबाट जोगिनाले पहिले नै...
HomeLatest newsनेपाली नागरिकलाई भारतमा क्यूआर भुक्तानी सहजीकरण गरिने 

नेपाली नागरिकलाई भारतमा क्यूआर भुक्तानी सहजीकरण गरिने 


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले नेपालीलाई भारतमा क्यूआर भुक्तानी सहजीकरण गर्ने सहमति गरेका छन्।
  • राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेल र आरबीआई गभर्नर सञ्जय मलहोत्राबीच अन्तरदेशीय विद्युतीय भुक्तानी र दुई पक्षीय हितमा छलफल भएको छ।
  • गभर्नर पौडेलले गुजरात अहमदाबादस्थित इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटीका अधिकारीहरूसँग भेटवार्ता गरी लगानी प्रवर्द्धन र सहकार्य विषयमा छलफल गरेका छन्।

१२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपालीलाई भारतमा क्यूआर भुक्तानी सहजीकरण गर्ने भएका छन् ।

राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेल र आरबीआईका गभर्नर सञ्जय मलहोत्राबीच भेटवार्तामा यस्तो छलफल भएको हो ।

छलफलमा अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार र दुई पक्षीय हित विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । दुई गभर्नरबीच नेपाली नागरिकले भारत भ्रमण क्रममा क्यूआर कोडमार्पmत हुने भुक्तानी सहजीकरण गर्ने विषयमा छलफल केन्द्रित थियो ।

त्यस्तै मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) आधारित सुपरिवेक्षण, सूचना प्रविधि क्षेत्रमा आरबीआईले गरेका असल नीतिगत अभ्यासबारे छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय क्षेत्रका उदीयमान र समसामयिक मामिलामा पनि दुई पक्षीय सहयोग आदान–प्रदान गर्नेबारे छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डित, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले विभागका काम कारबाहीसँग सम्बन्धित विभिन्न विषयमा आरबीआईसँग सहकार्य गर्न सकिने विचार राखेका थिए ।

भारत भ्रमण क्रममा गभर्नर पौडेलले ६ माघमा गुजरात अहमदाबादस्थित ‘इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी’ का उच्च अधिकारीहरूसँग समेत भेटवार्ता गरेका थिए ।

भेटका अवसरमा ‘गुजरात इन्टरनेसनल फाइनान्स टेक–सिटी गिफ्ट’ अवधारणा, हालको अवस्था, लगानी प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति र राष्ट्र बैंकसँग सहकार्य गर्न सकिने विषयमा छलफल भएको केन्द्रीय बैंकले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More