― Advertisement ―

एआई डाटा केन्द्रहरूले ग्रहलाई पकाउँदै छन्, चरम ताप टापुहरू सिर्जना गर्दै छन् जसले लाखौं शहरहरू र ग्रामीण क्षेत्रहरूमा समान रूपमा असर गर्छ।

एआई डेटा केन्द्रहरू चरम माइल विस्तार गर्दै छन्। सुविधाहरू340 मिलियन भन्दा बढी मानिसहरूले हाइपरस्केल AI सुविधाहरूको कारणले उच्च तापक्रम अनुभव गर्छन्डेटा केन्द्रहरू नजिकै 16.4...
HomeLatest newsनेपालगन्जमा दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप सुरु, १५० बढी खेलाडीको सहभागिता

नेपालगन्जमा दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप सुरु, १५० बढी खेलाडीको सहभागिता


News Summary

Generated by OK AI. Editorially reviewed.

  • दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप १४ कात्तिकदेखि नेपालगन्जमा सुरु भएको छ।
  • लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गर्दै खेलकुद विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
  • प्रतियोगितामा देशभरका १५० भन्दा बढी खेलाडीले ५६ वटा इभेन्टमा सहभागिता जनाएका छन्।

१४ कात्तिक, नेपालगन्ज । दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले गरेका हुन्।

उद्घाटन समारोहमा मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकार खेलकुदको विकास र पूर्वाधार विस्तारमा प्रतिबद्ध रहेको बताए।

उद्घाटन खेलमा ५० मिटर ब्याकस्ट्रोक अण्डर–८ ब्वाइज इभेन्टमा सगरमाथा स्वीमिङ क्लब ललितपुरका राजविन जिरेलले पहिलो स्थान हात पारे भने आदर्श माध्यमिक विद्यालय नेपालगन्जका युभान श्रेष्ठ दोस्रो र कोशी प्रदेशका विष्णु पराजुली तेस्रो भएको क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताए ।

त्यसैगरी २५ मिटर फ्रिस्टाइल अण्डर–८ ब्वाइजमा सगरमाथा क्लबका राजविन जिरेल पुनः पहिलो, शिखा एकेडेमी कोहलपुरका दिप्सन पुन मगर दोस्रो र आदर्श माविका युभान श्रेष्ठ तेस्रो बने।

अण्डर–८ गर्ल्स समूहमा २५ मिटर फ्रिस्टाइलमा सगरमाथा क्लबकी छियाना महर्जनले स्वर्ण जितिन् भने आदर्श माविकी समृद्धि न्यौपाने र शिखा एकेडेमीकी श्रीजा रेग्मी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहिन्। २५ मिटर ब्याकस्ट्रोकमा पनि छियाना महर्जनले नै पुनः पहिलो स्थान हात पारिन्।

विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले पदक तथा प्रमाणपत्र वितरण गरे। उनले पौडी प्राविधिक विष्णु खड्कालाई ह्वीसिल प्रदान गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका थिए।

प्रतियोगितामा देशभरका १५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन्। प्रतिस्पर्धा अण्डर–८, १०, १२, १४, १७ र खुला उमेर समूह गरी विभिन्न ५६ वटा इभेन्टमा सञ्चालन भइरहेको छ।

अण्डर–८ खेलाडीहरूले २५ मिटर, अण्डर–१० समूहका खेलाडीहरूले ५० मिटर र अण्डर–१२ तथा १४ समूहका खेलाडीहरूले ५० र १०० मिटर दुरीमा प्रतिस्पर्धा गर्नेछन्। खुला समूहका प्रतिस्पर्धा २०० र ४०० मिटर दुरीका इभेन्टमा हुनेछ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More