― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsनेपालको सुशासन र भ्रष्टाचार अवस्था अध्ययन गर्दै आईएमएफ

नेपालको सुशासन र भ्रष्टाचार अवस्था अध्ययन गर्दै आईएमएफ


राष्ट्रिय

समाचार.

  • अन्तर्राष्ट्रिय मुद्रा कोषको प्राविधिक टोलीले नेपालमा सुशासनका कमजोरी र जोखिम पहिचान गर्न अध्ययन सुरु गरेको छ।
  • टोलीले १२ देखि २१ जनवरी २०२६ सम्म काठमाडौंमा विभिन्न सरोकारवालासँग भेट गरी सार्वजनिक वित्त व्यवस्थापन र भ्रष्टाचार विरोधी कानुनको मूल्यांकन गरेको छ।
  • अध्ययनपछि विस्तृत डायग्नोस्टिक प्रतिवेदन तयार गरी सुधारका प्राथमिकतासहित कार्ययोजना प्रस्ताव गरिने आईएमएफले जनाएको छ।

१५ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एक प्राविधिक टोलीले नेपालमा सुशासनका कमजोरी र सुशासनका जोखिम पहिचान गर्न अध्ययन सुरु गरेको छ ।

नेपाल सरकारको अनुरोधमा सुशासन र भ्रष्टाचार निदान (जीसीडी) को प्रारम्भिक अध्ययन गर्ने प्रयोजनका लागि नेपाल आएको जोनाथन पम्पोलिनाको नेतृत्वको एक प्राविधिक टोलीले आधारभूत कार्य सम्पन्न गरेको आईएमएफले जनाएको छ ।

टोलीले १२ देखि २१ जनवरी २०२६ सम्म काठमाडौंमा रहेर विभिन्न सरोकारवालासँग भेट गरेको थियो ।

अध्ययनको मुख्य उद्देश्य नेपालको अर्थतन्त्रका लागि चुनौतीपूर्ण मानिएका सुशासनका क्षेत्र पहिचान गर्नु र सुधारका लागि क्रमिक कार्ययोजना प्रस्ताव गर्नु रहेको आईएमएफको विज्ञप्तिमा उल्लेख छ ।

टोलीले आफ्नो भ्रमण क्रममा विशेषगरी नेपालको सार्वजनिक वित्त व्यवस्थापन, राजस्व प्रशासन र वित्तीय क्षेत्रको सुपरिवेक्षण जस्ता महत्त्वपूर्ण क्षेत्रमा केन्द्रित रहेर अध्ययन गर्ने जनाइएको छ ।

यसका साथै विधिको शासन, सम्पत्ति शुद्धीकरण निवारण अवस्था र विद्यमान भ्रष्टाचार विरोधी कानुनी तथा संस्थागत ढाँचाले देशको समष्टिगत आर्थिक लक्ष्यलाई कसरी सहयोग पुर्‍याइरहेका छन् भन्ने विषयमा समेत विस्तृत मूल्यांकन गरिने पनि आईएमएफले जनाएको छ ।

जीसीडीका क्रममा विस्तृत डायग्नोस्टिक प्रतिवेदन तयार गरिने र त्यसमा विभिन्न सिफारिस र सुधारका प्राथमिकता उल्लेख गरिने पनि आईएमएफको भनाइ छ ।

प्रतिवेदनले नेपालमा भ्रष्टाचारको प्रकृति र गम्भीरता विश्लेषण गर्नुका साथै पहिचान गरिएका कमजोरी सम्बोधन गर्न प्राथमिकताका आधारमा सुधारका स्पष्ट योजना अघि सार्ने लक्ष्य राखेको छ ।

भ्रमण क्रममा आईएमएफ टोलीले नेपालका विभिन्न संवैधानिक र सरकारी निकायका उच्च अधिकारीहरूसँग सघन छलफल गरेको थियो । टोलीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, संवैधानिक आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत,  न्याय परिषद्, लोक सेवा आयोग र महालेखा परीक्षकको कार्यालय लगायत प्रतिनिधिहरूसँग परामर्श गरेको थियो ।

त्यसैगरी राष्ट्रिय योजना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, वित्तीय सूचना इकाइ, आन्तरिक राजस्व विभाग र भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने विशेष अदालतका अधिकारीहरूसँग पनि भेटघाट गरी सुशासनका चुनौतीबारे जानकारी लिएको थियो ।

सरकारी निकायका अतिरिक्त टोलीले निजी क्षेत्रका व्यावसायिक संगठनहरू, नागरिक समाज र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग समेत छुट्टाछुट्टै छलफल गरी वस्तुगत धारणा संकलन गरेको थियो ।

आईएमएफले नेपाली अधिकारीहरूले यो अध्ययन प्रक्रियामा देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी सहकार्यका लागि उत्साह व्यक्त गरेको छ । आगामी केही महिनाभित्रै मुख्य जीसीडी टोली नेपाल आउने पनि आईएमएफले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More