― Advertisement ―

Nvidia ले आफ्नो AI इकोसिस्टम र र्याक-स्केल NVLink फ्यूजन नेटवर्कमा कस्टम चिपहरू एकीकृत गर्न मार्वेलमा $ 2 बिलियन लगानी गर्छ।

Nvidia मा Nvidia मा अर्बौं डलर लगानी ल्याउनुहोस्। इकोसिस्टमNVLink फ्युजनले तेस्रो-पक्ष एक्सेलेटरहरूलाई Nvidia GPU सँग कुशलतापूर्वक सञ्चार गर्न सक्षम बनाउँछMarvell ले आफू अनुकूल XPU...
Homeमनोरन्जन‘नेपहपको श्रीपेच’ सिजन ३ को घोषणा, डिजिटल अडिसन खुल्यो ‘नेपहपको श्रीपेच’ सिजन...

‘नेपहपको श्रीपेच’ सिजन ३ को घोषणा, डिजिटल अडिसन खुल्यो ‘नेपहपको श्रीपेच’ सिजन ३ को घोषणा, डिजिटल अडिसन खुल्यो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • हिपहप टिभी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजन मंसिर अन्त्यदेखि प्रसारण हुने घोषणा गरिएको छ।
  • डिजिटल अडिसन २५ कार्तिकसम्म खुला रहने र सहभागीले नेपालीर्‍याप डटकममार्फत भिडियो अपलोड गर्न सक्ने जनाइएको छ।
  • विजेताले १० लाख रुपैयाँ नगदसहित विश्व टूर र ब्रान्डसँग सहकार्य गर्ने अवसर पाउनेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछन्।

काठमाडौं । अघिल्ला २ सिजन सफल भएसँगै हिपहप टिभी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजनको घोषणा गरिएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शोको घोषणा गरियो । सो अवसरमा डिजिटल अडिसन खुला गरिएको जनाइयो ।

अडिसन २५ कार्तिकसम्म खुला हुने जनाइएको छ । तेस्रो सिजनको शीर्ष प्रायोजकको रुपमा ‘रेड बुल’ हुने जनाइएको छ ।

डिजिटल तथा भौतिक दुवै माध्यमबाट अडिसन लिइने शोमा सहभागी हुन प्रतियोगीले नेपालीर्‍याप डटकममार्फत भिडियो अपलोड गर्न सक्नेछन् ।

साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, ह्वाट्स एप लगायतका प्लाटफर्मबाट पनि प्रस्तुतिको भिडियो पठाउन सक्ने जनाइएको छ ।

डिजिटल अडिसनको लागि बिट ‘श्रीपेच स्टुडियो’ युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ ।

विजेताले १० लाख रुपैयाँ नगदसहित विश्व टूरको मौका र ब्रान्डसँग सहकार्य गर्ने अवसर पाउनेछ । उपविजेताले ५ लाख रुपैयाँ नगदसहित विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

पहिलो संस्करणको विजेता भाईबर साइमन, दोस्रो सिजनका विजेता योङ्ग वेभ हुन् । दामी मिडियाको प्रस्तुति रहेको शोको कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलको छ ।

अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ ‘दोङ’ निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडालाई मात्र सार्वजनिक गरिएको छ ।

तेस्रो निर्णायक चाँडै नै सार्वजनिक गरिने जनाइएको छ । कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट छन् भने निर्देशकीय टिमको लिड भने विक्रम खनालले गर्नेछन् ।

शो प्रसारण मंसिर अन्त्यदेखि सुरु हुने जनाइएको छ । प्रसारण हुने टेलिभिजन च्यानल खुलाइएको छैन । ब्रोड्कास्टिङ्ग पार्टनर र भोटिङ्ग पार्टनर पनि केही दिनमा नै सार्वजनिक गरिने उल्लेख छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More