― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeराष्ट्रिय समाचारनेतृत्वका कारण पार्टीको उपादेयता र विश्वसनीयतामाथि प्रश्न उठ्यो – KhabarHost

नेतृत्वका कारण पार्टीको उपादेयता र विश्वसनीयतामाथि प्रश्न उठ्यो – KhabarHost



१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले विकसित परिस्थितिमा पार्टीको संस्थागत उपस्थिति नदेखिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको शैलीप्रति प्रश्न उठाएको छ ।

महामन्त्री डा. धवलशमसेर राणाको नेतृत्वमा मंगलबार बसेको बैठकले राजनीति घटनाक्रममा राप्रपा मध्यस्थकर्ता हुन नसकेकोप्रति असन्तुष्टि व्यक्ति गरिएको छ ।

राजा र अन्य सरोकारवालाबीच मध्यस्थताको पुल बन्न नसक्नुले राप्रपाको उपादेयता र विश्वसनीयता माथि नै पार्टीभित्र र बाहिर एकैपटक प्रश्नचिन्ह खडा भएको उल्लेख गरिएको छ ।

गत १५ चैत र जेठमा भएको राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू तुहाउने कार्यमा नेतृत्व लागेको भन्ने आमधारणा बन्न गएको असन्तुष्ट पक्षको बुझाइ छ ।

अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण गराइएको पत्रमा भनिएको छ, ‘हाम्रो पार्टी कहिले सचेत भएन । यस्ता असंगत कार्यबाट सबैमा निराशा बढ्न गयो ।’

बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा अध्यक्ष देखिनुलाई विरोधाभासी तर्कको संज्ञा दिएको छ ।

‘देशको अभिभावक संवैधानिक राजसंस्था राष्ट्रप्रमुख रहने प्रचलित संसदीय व्यवस्थामा विना अध्ययन, हचुवाका भरमा अध्यक्षात्मक राज्य प्रणालीमा मात्रै हुने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग राख्नु अमिल्दो र विरोधाभासी कुरा हो,’ अध्यक्षलाई गरिएको ध्यानाकर्षणमा भनिएको छ ।

अध्यक्ष लिङ्देनले जिम्मेवारी नेताहरूलाई विधाान विपरीत पदमुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यस्ता स्वेच्छाचारी कारवाहीको लामो सूची बनीसकेको छ । एकता भाँड्ने, पार्टीमा विग्रह ल्याउने यस्ता गलत रवैया सच्याउनु जरुरी छ,’ अध्यक्षलाई सचेत बनाइएको छ ।

मन नपरेको मान्छेलाई आन्तरिक चुनावमा हराउने पूर्ण छुट हुँदाहुँदै निर्वाचन संहिता र विधान पालना नगरी नेता कार्यकर्तालाई किनारा लगाएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

महाधिवेशनको मिति तोक्न, विधानविपरीत भएका निलम्वन, निष्कासन र कारवाही सम्बन्धी निर्णय फिर्ता गर्न, निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम हुने गरी सदस्यहरु थप्न र पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्ष सहितको विवाद समाधान समिति गठन गर्न माग गरिएको छ ।

अध्यक्षलाई सम्बोधन गरी राखिएको मागपत्र :

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More