― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsनेकपामा पाँचथरबाट मिक्सोको नाम एकल सिफारिस – KhabarHost

नेकपामा पाँचथरबाट मिक्सोको नाम एकल सिफारिस – KhabarHost



८ पुस, विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरबाट नेकपाले  हर्कबहादुर नेम्वाङ मिक्सोको एकल नाम सिफारिस गरेको हो ।

पाँचथरमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । मंगलबार बसेको जिल्ला कमिटी बैठकले नेम्वाङको नाम सिफारिस गरेको हो । नेम्वाङ नेकपा माओवादी केन्द्र कोशी प्रदेशको अध्यक्ष हुन् ।

पाँचथरबाट भूगोलको राजनीति गरिरहेका नेम्वाङले एकल उम्मेदवारको रूपमा आफ्नो नाम सिफारिस भएको स्वीकार गरे ।

नेकपा माओवादी केन्द्रमा उनी जनार्दन शर्माको समूहमा थिए । प्रचण्डले बामपन्थी घटकबीच एकता गर्दा शर्माले प्रचण्डको साथ छाडेर छुट्टै पार्टी गठन गरेका थिए । नेम्वाङ प्रचण्डको पक्षमा उभिएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More