― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsनुवाकोटमा बाबु-छोराको झगडा रोक्न खोज्दा झाँक्रीको मृत्यु

नुवाकोटमा बाबु-छोराको झगडा रोक्न खोज्दा झाँक्रीको मृत्यु


प्रतीकात्मक तस्वीर



१४ माघ,  नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा बाबु-छोराबीचको झगडा रोक्न खोज्दा एक जनाको ज्यान गएको छ ।

दुप्चेश्वर-१ स्थित घ्यावरचौरका ३५ वर्षिय रणबहादुर तामाङको मंगलबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तामाङ छिमेकी ५२ वर्षिय वाङ्दी शेर्पाको घरमा बिरामीको झारफुक गर्न गएका थिए । त्यही समयमा वाङ्दी र उनका २५ वर्षका छोरा कुन्साङ ग्याल्जेनबीच आपसी झगडा भएको थियो । झगडा रोक्न खोज्दा झाँक्री तामाङको ज्यान गएको छ ।

घटना लगत्तै प्रहरी निरीक्षक लोकराज पाठकको नेतृत्वमा इलाका प्रहरी कार्यालय खरानीटार र समुन्द्रटारबाट खटिएको प्रहरी टोलीले बाबु-छोरा दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा रहेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More