― Advertisement ―

ExpressVPN ले आफ्नो डेस्कटप एपहरूलाई दृश्य परिवर्तन र AI मा ठूलो धक्का दिन्छ

यसको विन्डोजको p42V संस्करण, एक्सप्रेस, 02 मा एक्सप्रेस। र लिनक्स एपहरू,अद्यावधिकले एपलाई पूर्वनिर्धारित रूपमा कम्प्याक्ट मोडमा खोल्छ, क्लिनर लुकको साथनयाँ MCP सर्भरले AI कोडिङ...
HomeLatest newsनिर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती



१५ माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त गस्ती सुरु गरेको छ ।

जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौंको निर्णयानुसार राति र बिहानको समयमा कुकुरसहितको संयुक्त गस्ती सुरु गरिएको काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए ।

‘लागुऔषध र विस्फोटक पदार्थको पहिचान गर्ने उद्देश्यका साथ कुकुरसहितको चेकजाँचलाई तीव्रता दिएको छौं’, परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने ।

त्यस्तै विभिन्न स्थानमा प्रहरीबाट ‘सरप्राइज’ चेकजाँच पनि गरिरहेको उनको भनाइ छ ।

प्रहरी प्रमुख थापाले सुरक्षा जाँचका क्रममा शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर उनीहरुको विस्तृत अुनसन्धान पछि छाड्ने गरिएको जानकारी दिए । ‘संवेदनशील स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती थालेका छौं’, उनले भने, ‘विभिन्न रुट तय गरेर एकीकृत गस्तीको अभियानमा छौं ।’

प्रमुख थापाले निर्वाचन विरोधी गतिविधि र निर्वाचन बिथोल्न सक्ने समूह र शक्तिका बारेमा सूचना संकलन गरेर सोहीअनुसार प्रहरी परिचालन गरिएको स्पष्ट पारे ।





Read More