― Advertisement ―

आइतबार, अप्रिल १२ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #770)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ टाइमजोन जुन रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsनिर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५...

निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा



१६ माघ, काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति प्रदान गरेको छ । यसमध्ये ६ अर्ब ३६ करोड निकासा भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार २१ फागुनमा निर्धारित निर्वाचनका लागि निर्वाचन आयोगलाई मात्र १८ कात्तिकमा ४ अर्ब ९६ करोडको स्रोत सहमति दिइएको थियो ।

२० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार स्रोत सहमति दिइएको अर्थको तथ्यांक छ । यस अनुसार कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार बराबरको स्रोत सहमति निर्वाचन आयोगलाई दिइएको छ । निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ बराबर निकासा दिइएको थियो । अहिलेसम्म निर्वाचन आयोगलाई मात्र ६ अर्ब ३१ करोड निकासा दिइसकिएको आयोगको तथ्यांकमा उल्लेख छ ।

निर्वाचन प्रयोजनका लागि सुरक्षा निकायलाई समेत ठूलो बजेट स्रोत सहमति दिइएको छ । राष्ट्रिय अनुसन्धान विभागका लागि अर्थले १३ कात्तिकमा २ करोड ८० लाखको स्रोत सहमति अर्थले दिएको थियो । नेपाली सेनालाई उपकरण खरिदमा २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार बराबर स्रोत सहमति प्रदान गरिएको थियो ।

गृह मन्त्रालय र मातहतका निकायलाई १० अर्ब ३९ करोड रुपैयाँ बराबर स्रोत सहमति दिइएक अर्थले जनाएको छ । नेपाली सेनालाई २० पुसमा १ अर्ब ९४ करोड बराबरको स्रोत सहमति दिइएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More