― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsनिर्वाचन आयोग पुग्यो गृहको मस्यौदा – KhabarHost

निर्वाचन आयोग पुग्यो गृहको मस्यौदा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • गृह मन्त्रालयले विदेशमा रहेका नेपालीले सम्बन्धित देशबाट मतदान गर्न पाउने गरी चार वटा प्रचलित ऐन संशोधनको मस्यौदा निर्वाचन आयोगमा पठाएको छ।
  • निर्वाचन आयोगले गृह मन्त्रालयको प्रस्तावमा सकारात्मक जवाफ दिँदै कानुनी व्यवस्थाका लागि छलफल गरिरहेको छ।
  • विदेशमा मतदानका लागि खर्च, कर्मचारी र सुरक्षा व्यवस्थापनबारे विस्तृत छलफल हुन बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ।

१४ कात्तिक, काठमाडौं। विदेशमा रहेका मतदाताले सम्बन्धित देशबाटै  मतदान गर्न पाउनेगरी प्रचलित ऐन संशोधन गर्ने गृह मन्त्रालयको प्रस्तावमाथि निर्वाचन आयोग छलफलमा जुटेको छ।

गृहको प्रस्तावमा आफूहरू सकारात्मक रहेको आयोगका अधिकारीहरू बताउँछन्। ‘सकारात्मक जवाफ नै पठाउँदै छौं,’ एक अधिकारी भन्छन्, ‘विदेशबाट मतदान गर्न पाउने कानुनी व्यवस्थामा आयोग सकारात्मक छ।’

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गृह मन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी चार वटा प्रचलित ऐन संशोधनको मस्यौदा आयोगमा पठाएको छ। उक्त मस्यौदाउपर आयोग छलफलमा छ।

गृह मन्त्रालयले संशोधनका लागि प्रस्ताव गरेका ऐनहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐन छन्।

यी ऐनहरूमा आवश्यक व्यवस्था राखेर विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाटै मतदान गर्न दिन लागिएको हो।

तर, कुन देशकाले पाउने कुन देशकाले नपाउने, यसका लागि खर्च व्यवस्थापन, कर्मचारी व्यवस्थापन, सुरक्षाको विषयमा विस्तृत छलफल भएको छैन। गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘कानुनी व्यवस्था भएपछि अन्य विषय अगाडि बढ्छन्। आवश्यक तयारी गृहले अगाडि समेत बढाएको छ।’

गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजाल पनि निर्वाचन आयोगबाट मस्यौदाउपर जवाफ आएपछि थप छलफल गरेर हगाडि बढाइने बताउँछन्।

गृह मन्त्रालयका अनुसार कानुनी प्रबन्ध भएपछि विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More