― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsनिर्वाचन आयोगले भन्यो– चुनावी तयारीको ६० प्रतिशत काम सकियो

निर्वाचन आयोगले भन्यो– चुनावी तयारीको ६० प्रतिशत काम सकियो


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको चुनावको तयारी अन्तर्गत ६० प्रतिशत काम सकिएको जनाएको छ।
  • आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको बताए।
  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी विषयमा आयोगसँग छलफल गरी प्रगतिको जानकारी लिइन्।

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको चुनावको तयारी अन्तर्गतका ६० प्रतिशत काम सकिएको बताएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् ।

छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जानकारी गराएका हुन् ।

हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको पनि आयोगले प्रधानमन्त्री समक्ष ब्रिफिङ गरेको छ ।

आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताएका छन् ।

बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको उल्लेख गर्दै उनले  विगतमा भन्दा अझै सहज वातावरण बन्दै गएको बताएका हुन् ।

आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको बताउँदै उनले भनेका छन्, ‘हाम्रो मूल्यांकनअनुसार, तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ र आयोग यसका लागि सक्षम छ। कुनै दुविधा राख्नुपर्ने अवस्था छैन ।’

प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको तीनबुँदे पत्रको सम्बोधनमा भएका कामको प्रगति पनि आयोगले जानकारी गराएको थियो ।

जसअनुसार, आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति पनि बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अभिलिखित रहेको र पछिल्लो निर्वाचन घोषणापछि मात्र २ लाख ९ हजार ५५२ मतदाता थपिएको विवरण पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।

हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको पनि आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिँदै अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको बताएको छ ।

दलहरूसँग पुन: छलफल गर्ने पनि आयोगको तयारी छ ।





Read More