― Advertisement ―

वैज्ञानिकहरूले एउटा ‘चुम्बकीय इलास्टिक’ तम्बू विकास गर्दैछन् जसले पवन टर्बाइन जस्तै आफ्नै बिजुली बनाउँछ – तर अर्को वर्ष ग्लास्टनबरीमा लैजान सक्षम हुने आशा नगर्नुहोस्।

आफ्नै बिजुली उत्पादन गर्न सक्ने विकासकर्ताहरूले यो म्याग्नेटोइलास्टिक पदार्थबाट बनेको हो यो अझै प्रारम्भिक चरणमा छ, तर वैज्ञानिकहरूले यसलाई अफ-ग्रिड शिविर र प्रकोप क्षेत्रमा...
HomeLatest newsनियमित प्रणाली अनुसार सिंहदरबार छिर्न गेट पास दिन सुरु

नियमित प्रणाली अनुसार सिंहदरबार छिर्न गेट पास दिन सुरु



१ मंसिर, काठमाडौं ।  सिंहदरबार प्रवेशका लागि नियमित प्रणाली अनुसार पास दिन सुरु गरिएको छ । जेनजी आन्दोलनपछि मुल गेटबाटै पास दिने गरिएको थियो ।

मन्त्रालय र निकाय अनुसार फरक-फरक झ्यालबाट पास दिने गरिएकोमा ती झ्यालसहितका संरचनामा तोडफोड र आगजनी भएपछि पासको काम रोकिएको थियो ।

आवस्यक मर्मतपछि नियमित प्रणाली अनुसार सिंहदरबार छिर्न गेट पास दिन सुरु गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

‘२६ कात्तिक गतेदेखि नियमित प्रणाली अनुसार सिंहदरवार छिर्न गेट पास दिन सुरु गरिएको हो’, गेट पास दिन बसेका एक सुरक्षा अधिकारीले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More