― Advertisement ―

कामदारहरूले गोप्य रूपमा प्रतिबन्धित एआई उपकरणहरू काममा प्रयोग गर्छन् जबकि कम्पनी नीतिहरूले उनीहरूको बढ्दो दैनिक प्रयोगलाई स्पष्ट रूपमा निषेध गर्दछ।

कम्पनीका धेरै कर्मचारीहरूले गोप्य रूपमा उपकरण प्रयोग गर्छन्। प्रतिबन्धहरूकर्मचारीहरूले कहिलेकाहीँ AI प्रयोग लुकाउन आफ्नो व्यक्तिगत यन्त्रहरू प्रयोग गर्छन्ठूला संस्थाहरूले उच्च स्तरको अनाधिकृत AI प्रयोगको...
HomeLatest newsनियमावली संशोधन गरेर राइड सेयरिङ कार्यान्वयनमा अघि बढ्यो गण्डकी सरकार

नियमावली संशोधन गरेर राइड सेयरिङ कार्यान्वयनमा अघि बढ्यो गण्डकी सरकार


राष्ट्रिय

समाचार.

  • गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिकता दिने नियमावलीमा सामान्य संशोधन गरी फागुन ४ गतेबाट कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
  • नियमावलीमा दुईपांग्रे सवारी २० किलोमिटर र चारपांग्रे सवारी ५० किलोमिटरसम्म राइड सेयरिङ गर्न पाउने व्यवस्था गरिएको छ।
  • दुईपांग्रे सवारीको वार्षिक सेवा शुल्क २ हजार ५ सय र चारपांग्रे सवारीको १० हजार रुपैयाँ तोकिएको छ भने अनुमति शुल्क नियमअनुसार कायम गरिएको छ।

९ माघ, पोखरा । गत जेठ २० गते संघीय सरकारको निर्णय स्वीकार्दै १ महिनाका लागि स्थगित भएको अनलाइन प्रणालीको प्रयोग गरी दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन मार्फत यात्रु ओसारपसार गर्ने (राइड सेयरिङ)लाई वैधानिकता दिने निर्णयलाई कार्यान्वयनमा लैजाने गण्डकी प्रदेश सरकारले फेरि निर्णय गरेको छ ।

फागुन २१ हुने निर्वाचनका लागि मनोनयन गर्नुभन्दा २ दिनअघि माघ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले राइड सेयरिङ तथा सेल्भ ड्राइभ सम्बन्धि नियमावली सामान्य संशोधन गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

गत वैशाख ३० गते गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले राइड सेयरिङलाई वैधानिकता दिने गरी नियमावली पारित गरेपछि जेठ १७ गतेबाट गण्डकी र १९ गतेबाट सार्वजनिक यातायात ठप्प पार्दै व्यवसायीले आन्दोलन गरेका थिए ।

आन्दोलनपछि यातायात व्यवसायी र संघीय सरकारबीच भएको वार्तामा १ महिनाका लागि राइड सेयरिङ कार्यान्वयन स्थगित गर्ने सहमति भएको थियो । त्यही सहमतिको आधारमा प्रदेशको एकल अधिकारभित्र पर्ने यातायात क्षेत्रको नियमन तथा व्यवस्थापन गर्ने अधिकार पाएको प्रदेश सरकारलाई संघीय सरकारले पत्र पठाएको थियो ।

त्यही पत्रका आधारमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले १ महिनाका लागि स्थगन गर्ने निर्णय गरेका थिए । मुख्यमन्त्री पाण्डेले वार्ता तथा छलफलबाट यातायात व्यवसायीलाई पनि चित्त बुझाएर १ महिनापछि कार्यान्वयन गर्ने बताएका थिए । तर, त्यो अवधि नाघिसक्दा पनि कार्यान्वयन नभएको भन्दै संसदमै आवाज उठेको थियो ।

सरकारले चुनावको छेकोमा अहिले नियमावलीमा सामान्य संशोधन गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । पाण्डेले व्यवसायीसँग चरण–चरणमा छलफल गरी नियमावली अगाडि बढाइरहँदा जेनजी आन्दोलन भएको र त्यसक्रममा प्रदेशका सबै संरचना पनि जलेकाले ढिला भएको बताए ।

‘सरकारले यसअघि राइड सेयरिङलाई वैधानिक दिने निर्णय गरेर कार्यान्वयनमा जाँदा व्यवसायीले देशभर यातायात ठप्प पारे । मैले सबैको चित्त बुझाएर कार्यान्वयनमा लैजाने बताएको थिएँ र पटक पटक छलफल गरी अगाडि बढ्दै थियो । बीचमा देशमा ठूलो घटना घट्यो । जेनजी आन्दोलनमा प्रदेशका संरचना पनि जले,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यो सरकारको नियमित काम हो । राइड सेयरिङ अब कार्यान्वयनमा गयो, तत्कालै लागू हुन्छ ।’

व्यवसायीसँगको छलफलबाट सरकारले नियमावलीका केही व्यवस्था भने संशोधन गरेको छ । नियमावलीमा राइड सेयरिङमा चल्ने दुई पांग्रे सवारी साधन २० किलोमिटरसम्म जान पाउने व्यवस्था राखिएको थियो भने चारपांग्रेको हकमा बोलेको थिएन । चार पांग्रे सवारी साधन ५० किलोमिटरसम्म जान पाउने व्यवस्था नियमावलीमा संशोधन गरी थपिएको छ । यसैगरी राइड सेयरिङका सवारी साधन पहिचानका लागि लोगो टाँस गर्नुपर्ने व्यवस्था भने हटाइएको छ ।

दुईपांग्रे सवारीसाधनमा कालो पृष्ठभूमिमा १० सेन्टिमिटरको वृत्ताकार संकेत वा लोगोभित्र रातो रङमा ‘आरएस’ लेखिएको हुनुपर्ने व्यवस्था थियो । सो लोगो ६ सेन्टिमिटरको उचाइ र एक सेन्टिमिटर मोटाइ हुनुपर्ने भनिएको थियो । यसैगरी राइड सेयरिङमा चार पांग्रे सवारी साधन कति सिटको हुनुपर्ने भन्ने किटान गरिएको थिएन । सरकारले नियमावली संशोधन गरेर ५ सिट क्षमता भएको सवारी साधनलाई राइड सेयरिङमा चल्न दिने व्यवस्था गरेको छ ।

अन्य व्यवस्था भने यथावतै राखेर राइड सेयरिङलाई कार्यान्वयनमा लैजाने निर्णय गरिएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । मुख्यमन्त्रीको अडानप्रति जनस्तरबाटमात्रै होइन, संसदमा प्रतिपक्षले समेत एक स्वरमा समर्थन जनाएका थिए । राइड सेयरिङ र सेल्फ ड्राइभलाई वैधानिक दिने अडान लिँदा वाहवाही पाएका मुख्यमन्त्री पाण्डेले बीचमा कार्यान्वयनमा लैजान सकेका थिएनन् । अहिले चुनावी महोल भएका बेला कार्यान्वयनमा लैजाने निर्णय गरेका हुन् ।

राइड सेयरिङको दर्ता र नवीकरण शुल्कका विषयमा नियमावलीमै उल्लेख भएबमोजिम गरिएको भए पनि प्रति सवारी साधनले दाखिला गर्नुपर्ने वार्षिक सेवा शुल्क भने आर्थिक ऐनमै घटाइएको छ । दुई पांग्रेको हकमा प्रतिसवारी साधन ५ हजार रुपैयाँ सेवा शुल्क तिर्ने व्यवस्था नियमावलीले गरेको भए पनि आर्थिक ऐनमा भने आधा घटाएर २ हजार ५ सय बनाइएको छ । चार पांग्रेको हकमा २० हजारबाट १० हजारमा झारिएको छ ।

दर्ता तथा नवीकरण शुल्क भने नियमावलीअनुसार नै कायम गरिएको छ । दुई पांग्रे सवारी साधनमार्फत राइड सेयरिङ तथा सेल्फ डाइभ सेवाका लागि अनुमति शुल्क २५ हजार र प्रतिवर्ष १२ हजार ५०० नवीकरण शुल्क तोकिएको छ । चार पांग्रेको हकमा अनुमति शुल्क ५० हजार रुपैयाँ र नवीकरण शुल्क २५ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

दुई र चार पांग्रे दुबैका लागि अनुमति शुल्क ७० हजार र ३५ हजार रुपैयाँ नवीकरण शुल्क आर्थिक ऐनमै तोकिएको छ । यो सेवा लिन आउने सार्वजनिक सवारी साधनको हकमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ । सेवा दर्ता इजाजत नलिई सञ्चालन गरेर १ लाख रुपैयाँ जरिवाना र सो कार्य दोहोर्‍याएमा दोब्बर जरिवाना लिने बताइएको छ ।

अफलाइनमा सञ्चालन गरेको पाइएमा प्रत्येक पटकका लागि दुईपांग्र्रे सवारी साधनको हकमा ४ हजार रुपैयाँ र चारपांग्र्रे सवारी साधनको हकमा १० हजार रुपैयाँ जरिवाना ट्राफिक प्रहरी कार्यालयको सिफारिसमा सम्बन्धित यातायात व्यवस्था कार्यालयमा बुझाउनु पर्ने व्यवस्था छ । सेवा प्रदायक कम्पनीले सवारी धनी वा सवारी चालकबाट प्रति कारोबार उल्लेख भएको रकमको दुई प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था आर्थिक ऐनले गरेको छ । यसअघि नियमावलीले १ प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More