― Advertisement ―

माइक्रोसफ्टले 50 मिलियन भन्दा बढी एन्ड्रोइड प्रयोगकर्ताहरूलाई पर्दाफास भएको चिन्ताजनक सुरक्षा त्रुटिलाई चेतावनी दिन्छ, भन्छ ‘प्रयोगकर्ता प्रमाणहरू र वित्तीय डेटा जोखिममा परेको थियो’

MicroageLablaw Effecting millionsf. यन्त्रहरूअसुरक्षाले एपहरूलाई स्यान्डबक्सलाई बाइपास गर्न र निजी डेटा पहुँच गर्न दिन्छकम्तीमा 30 मिलियन स्थापनाहरू क्रिप्टो एपहरू थिए, v5.2.1 मा प्याच गरिएका...
HomeLatest newsनिजी क्षेत्रको योगदान कदर गर्दै ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’

निजी क्षेत्रको योगदान कदर गर्दै ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’



१९ माघ, काठमाडौं । कर्पोरेट क्लब नेपाल प्रालिले आयोजना गरेको ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स’ र ‘अवार्ड्स फर डिस्टिन्ग्विस्ड सर्भिसेस २०२५’ को पाँचौं संस्करण सम्पन्न भएको छ ।

१६ माघमा ललितपुरस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र अर्थमन्त्री रामेश्वर खनालको उपस्थिति थियो ।

नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने संस्था तथा व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक कमिटीकी सहअध्यक्ष सम्झना शर्माले यस्ता अवार्डले समाजमा सकारात्मक कार्य गर्नेहरूको मनोबल उच्च बनाउने र आगामी दिनमा यसलाई विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरूको साझा मञ्चका रूपमा विकास गरिने बताइन् ।

अवार्ड छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन पाँच महिनादेखि तयारी सुरु गरिएको थियो भने निर्णायकमण्डलले पछिल्लो चार महिनादेखि निरन्तर काम गरेको थियो ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपालको नेतृत्वमा रहेको निर्णायकमण्डलमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसे, सरकारका पूर्वसचिव विनोद सिंह, अर्थशास्त्री डा. गजेन्द्र विष्ट, नेपाल बैंकर्स संघ पूर्वअध्यक्ष सुनिल केसी र नेपाल पत्रकार महासंघ उपाध्यक्ष नितु पण्डित सदस्य थिए ।

समारोहमा निजी क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई मन्त्रीद्वय र निर्णायकमण्डलका सदस्यले सम्मान प्रदान गरेका थिए । यस कार्यक्रमले व्यावसायिक जगतमा स्वस्थ प्रतिस्पर्धा र सामाजिक जिम्मेवारीको भावना थप मजबुत बनाउने अपेक्षा आयोजकले राखेको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More