― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
Homeविजनेसनिगम सञ्चालक समिति अध्यक्ष राइले लिए पद तथा गोपनीयताको शपथ

निगम सञ्चालक समिति अध्यक्ष राइले लिए पद तथा गोपनीयताको शपथ


राष्ट्रिय

समाचार.

  • नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष विक्रम राईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • नवनियुक्त अध्यक्ष राईले निगमको ए ३२० जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाइएको इन्जिन १५ दिन भित्र जडान गर्न निर्देशन दिए।
  • राईले करार तथा ज्यालादारीमा नियुक्त कर्मचारीलाई नियमसङ्गत बदर गर्न निर्देशन दिएका छन्।

१८ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समितिका नवनियुक्त अध्यक्ष विक्रम राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा निमित्त सचिव घिमिरेले निगमलाई सुधारको बाटोमा अगाडि बढाउँदै व्यवस्थित पद्धतिको थालनी गर्ने जिम्मेवारी निगम सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा निमित्त महाप्रबन्धकको काँधमा आएको बताइन् ।

नवनियुक्त अध्यक्ष राईले अहिलेको विषम परिस्थितिमा प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको भरोसा तथा विश्वासले अध्यक्षको जिम्मेवारी प्राप्त भएको बताए । उनले निकट भविष्यमा ठोस उपलब्धिमूलक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्रालयमा शपथ ग्रहण गरेपश्चात् अध्यक्ष राईले निगमको सञ्चालक समितिको कार्यालयमा कार्यभार ग्रहण गरे । सो क्रममा अध्यक्ष राईले हाल ए ३२० जहाजमा प्रयोग हुँदै आएको भाडाको एउटा इन्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गर्दै मर्मतका लागि इजरायल पठाइएको निगमको इन्जिन जडान गर्ने कार्य १५ दिनभित्र सुरु गरी यथाशक्य चाँडो टुङ्ग्याउन निर्देशन दिए । उनले प्रश्न उठेका करार तथा ज्यालादारीमा नियुक्त कर्मचारीलाई नियमसङ्गत बदर गर्न समेत निर्देशन दिए ।





Read More