― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsनापी कार्यालय वीरगञ्ज दुई कर्मचारी घुससहित पक्राउ

नापी कार्यालय वीरगञ्ज दुई कर्मचारी घुससहित पक्राउ


राष्ट्रिय

समाचार.

  • नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय रु एक लाख घुससहित पक्राउ परेका छन्।
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छुट जग्गा दर्ता गरिदिने बहानामा घुस मागेको सूचनाका आधारमा उनीहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो।
  • राउत र उपाध्यायलाई वीरगञ्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्याङ्कीस्थित कार्यालयबाट पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएको छ।

२ कात्तिक, काठमाडौं । नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय रु एक लाख घुससहित पक्राउ परेका छन् ।

छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस मागिएको सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले निजहरूलाई रङ्गेहात नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार राउत र उपाध्यायले सेवाग्राहीसँग रु एक लाख घुस मागी लिइसकेको अवस्थामा आज वीरगञ्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालय पर्सा–१, २, ३ नं नापी टोलीको कार्यालयबाट पक्राउ गरिएका हुन् ।

यसबारे थप अनुसन्धान अघि बढाइएको प्रवक्ता पौडेलले जानकारी दिए ।





Read More