― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsनातेदार र एकाघरका उम्मेदवार – KhabarHost

नातेदार र एकाघरका उम्मेदवार – KhabarHost



७ माघ, काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष दुवै तर्फका उम्मेदवारी दर्ता भईसकेका छन् । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ तीन हजार ४८४ र समानुपातिक तर्फ तीन हजार २१३ जनाले उम्मेदवारी दिएका छन् । यसरी उम्मेदवारी दिने मध्ये एउटै परिवारका एक भन्दा बढी सदस्य समेत छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’कै घरबाट तीन जनाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन् । उनी रुकुम पूर्वबाट प्रत्यक्षतर्फ उम्मेदवार छन् । नेकपाबाटै प्रचण्डकी छोरी रेणु दाहाल चितवन निर्वाचन–३ बाट र बुहारी बिना मगर कञ्चनपुर–१ बाट उम्मेदवार छन् ।

नेपाली कांग्रेसको समानुपातिक सूचीमा रोमी गौचन थकाली छन् । उनकै छोरा योगेश गौचनले मुस्ताङबाट प्रत्यक्ष उम्मेदवारी दिएका छन् ।

मुस्ताङबाट रोमी गौचनले २०५६ र २०७० मा चुनाव जितेका थिए । उनले २०६४ र २०७४ मा भने पराजय बेहोरे । रोमीका छोरा योगेश गौचनले २०७९ देखि चुनाव लड्न थालेका छन् ।

चार जोडी श्रीमान्‌–श्रीमती

एमालेले धनुषामा श्रीमान्‌–श्रीमती दुवैलाई उम्मेदवार बनाएको छ । धनुषा–३ मा जुलीकुमारी महतो र धनुषा–४ मा रघुवीर महासेठ उम्मेदवार छन् । जुली र रघुवीर महासेठ श्रीमान–श्रीमती हुन् । महासेठ तीन पटक संघीय सांसद् हुन् ।

जुलीकुमारी  २०६४ मा संविधानसभा सदस्य थिइन् । २०७० मा  पराजित भइन् । २०७४ र २०७९ धनुषा ३ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइन् । एमाले नेता शेरबहादुर तामाङले सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दिएका छन् । उनकी श्रीमती उषाकला राई समानुपातिकमा परेकी छिन् । उषाकलाको नाम आदिवासी जनजाति महिलाको चौथो नम्बरमा छ ।

यस्तै, नेकपाका नेता देवेन्द्र पौडेल नवलपरासी–२ बाट उठेका छन् । उनकी श्रीमती बलावती शर्माको नाम समानुपातिकमा खस आर्य महिलातर्फ पहिलो नम्बरमा छ ।

त्यस्तै, आम जनता पार्टी (आजपा) बाट ऋषि धमला र धमला पत्नी एलिजा गौतम दुवै उम्मेदवार छन् । ऋषिले  रौतहट–४ बाट प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । एलिजा आजपाको समानुपातिक सूचीमा छिन् ।

ज्वाईं–ससुरा उम्मेदवार

कांग्रेसबाट अर्जुनरसिंह केसी समानुपातिक उम्मेदवार छन् । केसीका ज्वाईं गगनकुमार थापा सर्लाही ४ बाट प्रत्यक्ष तर्फ उम्मेदवार छन् । केसी बहुदल आए लगत्तै सांसद भएका नेता हुन् । २०४८ र २०५१ को चुनाव जिते । २०५२ मा स्वास्थ्य मन्त्री नै भए ।

२०५६ मा एक पटक भौतिक योजना तथा निर्माण मन्त्री र अर्को पटक शिक्षा मन्त्री भए । २०६३ सालमा पुर्नस्थापित संसद्मा पनि थिए । २०६३ मा सहरी विकास मन्त्री भए । २०७० र २०७९ मा पनि सांसद भए । फेरि पनि उनी समानुपातिक उम्मेदवार छन् ।

केसीका ज्वाईं गगन थापा २०६४ साल यताका निरन्तर उम्मेदवार हुन् । २०६४ मा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका उनले २०७०, २०७४ र २०७९ मा काठमाडौं–४ बाट प्रत्यक्ष चुनाव जिते ।

ज्वाईं र ससुरा नै उम्मेदवार भएको अर्को उदाहरण पनि छ ।

महोत्तरी क्षेत्र नम्बर २ मा जसपा नेपालबाट शरतसिंह भण्डारी प्रत्यक्ष तर्फ उम्मेदवार छन् । भण्डारीका ज्वाईं विराजभक्त श्रेष्ठ काठमाडौं–८ मा प्रत्यक्षतर्फ उम्मेदवार छन् । ४४ वर्षदेखि उम्मेदवार रहँदै आएका भण्डारीले २०३८ र २०४३ सालमै राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए । २०४५ सालमा मन्त्री भएका उनी बहुदल र गणतन्त्र कालमा पटक–पटक सांसद र मन्त्री भएका छन् ।

भण्डारीका ज्वाईं विराजभक्त २०७४ मा बागमती प्रदेश सभा सदस्य थिए । २०७९ मा काठमाडौं बाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते र यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार छन् ।

दाजुभाइका तीन जोडी

राप्रपाबाट रुपन्देही–१ मा प्रज्वल बोहरा उम्मेदवार छन् भने रुपन्देही–३ मा गौरव बोहराले उम्मेदवारी दर्ता गरेका छन् । यी दुवै दाजुभाइ हुन् । उनीहरू पूर्व मन्त्री दीपक बोहराका छोराहरू हुन् । दीपक बोहरा २०३८ सालमा पर्यटन राज्यमन्त्री बनेका थिए । २०४० सालमा पर्यटन राज्यमन्त्री, २०४३ सालमा निर्माण तथा यातायात राज्यमन्त्री तथा २०४४ सालमा निर्माण तथा यातायातमन्त्री बनेका दीपक बोहराले गणतन्त्रपछि पनि पटक–पटक मन्त्री भए ।

दीपकको निधन भएपछि रिक्त रहेको रुपन्देही ३ मा उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला  गत  भदौमा जेनजी आन्दोलन भयो ।

दाजुभाई नै उम्मेदवार भएको अर्को क्षेत्र हो– डोल्पा । जहाँ सहोदर दाजुभाइ धनबहादुर बुढा नेकपा र कर्णबहादुर बुढा नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।

फरक–फरक पार्टीबाट उम्मेदवार भएकाले यो क्षेत्रमा दाजुभाईकै बीचमा प्रतिस्पर्धा  छ । धनबहादुर बुढा २०७० २०७४ र २०७९ मा यही क्षेत्रबाट विजजी भएका थिए । कर्णबहादुर बुढा भने पहिलो पटक चुनाव लड्दैछन् । उनी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका केन्द्रीय स्तरका नेता हुन् ।

यी दाजुभाईको सुरुको राजनीतिक आवद्धता भने एउटै दलमा थियो । कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बूढा राप्रपा हुँदै नेपाली कांग्रेसमा पुगेका हुन् । धनबहादुर बूढा राप्रपा, एमाले, एकिकृत समाजवादी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा रहेका छन् ।

बाबु : प्रचण्ड – रुकुम पूर्व

छोरी : रेणु दाहाल – चितवन ३

बुहारी : बिना मगर – कञ्चनपुर १

बाबु : रोमी गौचन थकाली – समानुपातिक

छोरा : योगेश गौचन– मुस्ताङ

 

श्रीमती : जुलीकुमारी महतो– धनुषा ३

श्रीमान् : रघुवीर महासेठ– धनुषा ४

 

श्रीमान् : देवेन्द्र पौडेल– नवलपरासी २

श्रीमती : बलावती शर्मा– समानुपातिक

 

श्रीमान् : ऋषि धमला – रौतहट ४

श्रीमाती : एलिजा गौतम– समानुपातिक

श्रीमान् : शेरबहादुर तामाङ– सिन्धुपाल्चोक २

श्रीमती : उषाकला राई– समानुपातिक

ज्वाईं– गगन थापा– सर्लाही ४

ससुरा : अर्जुनरसिंह केसी– समानुपातिक

दाजु : अर्जुनरसिंह केसी– समानुपातिक

भाइ : जगदिश्वर नरसिंह केसी– नुवाकोट २

दाजु : गौरव बोहरा- रुपन्देही ३

भाई : प्रज्वल बोहरा – रुपन्देही १

दाजु : धनबहादुर बुढा– डोल्पा

भाई : कर्णबहादुर बुढा– डोल्पा

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More