― Advertisement ―

माइक्रोसफ्टका सीईओ सत्य नडेलाद्वारा दिनको उद्धरण: ‘हाम्रो उद्योगले परम्परालाई सम्मान गर्दैन – यसले नवाचारलाई मात्र सम्मान गर्छ’ – एक संचार मुद्राङ्कन प्राधिकरण

प्राविधिक कम्पनीहरू, सिलिकन भ्यालीका र सेटभन्दा बाहिरका अन्यहरू जस्तै Microsoft मार्फत विभिन्न वर्ष गरिँदै आएको छ। IBM र Toshiba जस्ता धेरै पुराना टेक दिग्गजहरूले...
HomeLatest newsनागरिक अगुवा युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

नागरिक अगुवा युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश



काठमाडौं । नागरिक अगुवा, लेखक एवं राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । शनिवार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन् ।

पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायतका नेताले खादामालासहित पार्टीमा भित्र्याएका छन् ।

सो अवसरमा संयोजक प्रचण्डले पाठकलाई पार्टीमा भित्र्याउन पाउँदा आफूलाई खुसी र गर्वको महशुस भएको बताए । सह–संयोजक नेपालले पार्टीभित्र पाठकको उपस्थिति सशक्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे ।

पाठकलाई भित्र्याउँदा नेकपाका अन्य नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायत उपस्थित थिए ।

युग पाठकको नागरिकताको नाम भने दिपककुमार पाठक हो ।  उनका उर्गेनको घोडा र मांगेना पुस्तक चर्चित छन् ।

पाठक अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए । उनले ३५६ भोट पाएका थिए ।





Read More