― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsनसरिनमाथि एपीएफको सहज जित – KhabarHost

नसरिनमाथि एपीएफको सहज जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौंमा सुरु भएको साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गरेको छ।
  • एपीएफका रश्मी कुमारी घिसिङ र मिना देउवाले समान रूपमा २-२ गोल गर्दै जितमा योगदान पुर्‍याएका छन्।
  • खेलको पहिलो हाफमा एपीएफले १ र दोस्रो हाफमा ३ गोल गर्दै कुल ४ गोल गरेको थियो।

१९ मंसिर, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा एपीएफको जितमा रश्मी कुमारी घिसिङ र मिना देउवाले २-२ गोल गरे । पहिलो हाफमा १ गोल गरेको एपीएफले दोस्रो हाफमा ३ गोल थप्यो ।

खेलको ३८औं मिनेटमा रश्मीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको ७०औं मिनेटमा मीनाले गोल गरिन् ।

८०औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरिन् भने इन्जुरी समयमा मीनाले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफ ४-० ले विजयी भयो ।





Read More