― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
HomeLatest newsनविना लामा – KhabarHost

नविना लामा – KhabarHost



३० असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य नविना लामाले पार्टीलाई अझै एकीकृत र मजबुत बनाउनका लागि पुनर्गठन गर्नुपर्ने बताएकी छिन् ।

बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएकी हुन् । साथै, उनले एमाले बनाउनका लागि बरु आफू छाड्नुपर्ने भए पनि छाड्न तयार रहेको जिकिर गरिन् ।

‘एमाले बनाऔं । पुनर्गठन र रुपान्तरण हुनुपर्छ । म बाहिर बस्न तयार छु, तर पार्टी बचाउनुपर्छ । लोकतन्त्र बचाउनुपर्छ,’ लामाले भनिन् ।

साथै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पनि बताइन् ।

एमालेको शक्ति देशमा स्थापित भइसकेको उनको भनाइ छ ।

‘हामीले आफ्नो अध्यक्ष, आफ्नो प्रधानमन्त्रीलाई सीमित घेरामा राखेका छौं । सही सूचना, निष्कर्ष, विश्लेषण गर्ने क्रममा हाम्रो कमजोरी रह्यो भन्ने कुरा जेनजीको आन्दोलनमा प्रमाणित भएको छ,’ उनले भनिन् ।





Read More