― Advertisement ―

HomeLatest newsनवाैं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि

नवाैं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि


राष्ट्रिय

समाचार.

  • नेपाल भलिबल संघले पुस ११ देखि २० गतेसम्म दशरथ रंगशालामा नवाैँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्ने जनाएको छ।
  • प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टिम पीएम कप एनभीए राष्ट्रिय लिगमा छनोट हुनेछन् भने विजेताले नगद ५ लाख प्राप्त गर्नेछन्।
  • प्रतियोगितामा सहभागी टिमका लागि पुस ५ गतेसम्म दर्ता समय रहेको र अनुमानित बजेट ८० लाख रहेको संघले जानकारी दिएको छ।

२८ मंसिर, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा नवाैँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि हुने भएको छ ।

नेपाल भलिबल संघले आईतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ११ देखि २० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगलाको कभर्डशलमा हुने जानकारी दिएको हो ।

सहभागिताको लागि प्रदेश, जिल्ला र क्लबलाई जानकारी गराएको संघले जनाएको छ ।

नेपाल भर रहेका खेलाडीहरुलाई अवसर दिने लक्ष्य अनुिार देशभरबाट आउने क्लबहरुलाई सहभागी गराउने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

चन्दले सहभागिताको अवसर र हिसावले यो ठूलो प्रतियोगिता भएको र यसबाट उत्कृष्ट हुने क्लब/टिमहरुलाई पीएम कप एनभीए लिगमा सहभागी गराइने बताए ।

प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टिम दशाैं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुने संघका महासचिव रोशन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको दुव‌ैतर्फको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार प्राप्त गर्नेछ ।

त्यस्तै महिला र पुरुष सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १५-१५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको अनुमानित बजेट ८० लाख रहेको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टिमका लागि पुस ५ गतेसम्म टिम दर्ताको समय रहेको संघले जनाएको छ ।

भलिबल खेलको विकास र विस्तार गर्न र प्रदेश, जिल्ला, क्लब सबैलाई चलायमान बनाउने संघले नियमित रुपमा एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप र पीएम कप एनभीए महिला तथा पुरुष लिग आयोजना गर्दै आएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More