― Advertisement ―

मार्वल प्रतिद्वन्द्वीले अब अन्ततः हामीलाई कालो बिरालोको रूपमा खेल्न दिन्छ, तर उनको डरलाग्दो आसनले मलाई उनको पीठको लागि चिन्तित बनाउँछ – ‘मलाई थाहा छ...

Seavel>Seavel> अन्ततः ब्ल्याक क्याटलाई ड्युलिस्टको रूपमा थप्छउनको चरित्र चयन पोजले यसको अप्ठ्यारो स्थितिको लागि हलचल पैदा गरेको छ केही खेलाडीहरूले सुझाव दिएका छन् कि...
HomeLatest newsनवलपुर-१ मा चुनावी गतिविधि तीव्र, आचार्यको नेतृत्वमा प्रचार प्रसार समिति गठन

नवलपुर-१ मा चुनावी गतिविधि तीव्र, आचार्यको नेतृत्वमा प्रचार प्रसार समिति गठन



१२ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ ।

कांग्रेसले उक्त क्षेत्रमा विनोद चौधरीलाई उम्मेदवार बनाएको छ ।

सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ ।

यसैगरी क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रीय चुनाव प्रचार प्रसार समिति’ गठन गरिएको हो ।

समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै ‘घर–दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ । क्षेत्रीय समिति मातहत रहने गरी प्रत्येक वडा र टोलमा समेत उप–समितिहरू गठन गरिनेछ ।

उम्मेदवार विनोद चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको बताएका छन् ।

‘हामी केवल चुनाव जित्नका लागि मात्र होइन, नवलपरासीको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा छौं । हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आवश्यक छ,’ समितिका संयोजक आचार्यले बताए ।

पर्टीका केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद बिश्वप्रेम पाठक, कांग्रेस कावा सभापति बिक्रम यादव, उपाध्यक्ष अनिल गौण, सचिव उमेश यादव, कुलदीप आचार्य लगायतका नेताहरूले बिनोद चौधरी जस्तो उम्मेदवार नवलपरासीले पाउनु गर्वको विषय भएको बताए ।

यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित चौधरी यसपटक पुन: भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।





Read More