― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsनवनियुक्त मुख्यसचिवले सार्वजनिक गरे २५ बुँदे प्राथमिकता

नवनियुक्त मुख्यसचिवले सार्वजनिक गरे २५ बुँदे प्राथमिकता


राष्ट्रिय

समाचार.

  • नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।
  • उनले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकता राखेका छन्।
  • अर्यालले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गर्ने दोस्रो प्राथमिकता सार्वजनिक गरेका छन्।

१० मंसिर, काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

२१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका मुख्यसचिव अर्यालले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गराउने दोस्रो प्राथमिकता सार्वजनिक गरेका छन् ।

मुख्यसचिवको पदबहालीपछि विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालका २५ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन् ।

२१ फागुनको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउनु पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । यतिबेला सिंगो मुलुकको मुख्य ध्यान २१ फागुनको निर्वाचन भएकाले भन्दै उनले सिंगो निजामति प्रशासनको प्राथमिकता पनि त्यही नै रहेको बताएका हुन् ।

यसका निम्ति निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षासँग जोडिएका सबै मन्त्रालय र निकायहरूबीच उचित समन्वय र सुदृढ कार्यात्मक सम्बन्ध स्थापित गर्न प्रतिबद्ध रहने उनले जनाएका छन् ।

मुख्यसचिव अर्यालले प्रतिनिधिसभाको आसन्न निर्वाचनसँगै भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्था कायम गर्ने वर्तमान सरकारको अर्को प्रमुख कार्यभार रहेको बताए ।

‘सरकारका काँधमा रहेका यी दुई महत्वपूर्ण जिम्मेवारीलाई पूरा गर्न सरकारलाई सबै हिसाबले सहयोग गर्न हामी समग्र प्रशासनयन्त्र प्रतिबद्ध र क्रियाशील हुन जरुरी छ,’ उनले भने ।

२३ र २४ भदौको आन्दोलनमार्फत जेनजी पुस्ताले असल र उत्तरदायी शासनको माग गरेको बताएका मुख्यसचिव अर्यालले यस सन्दर्भमा निजामती सेवालाई जनउत्तरदायी, सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रको रूपमा स्थापित गर्न नेतृत्व तहमा काम गर्ने प्रतिबद्धता जनाए ।

मुख्यसचिवले सार्वजनिक गरेका २५ बुँदे प्राथमिकता





Read More