― Advertisement ―

RTX 5090s र अन्य उच्च-सक्षम ग्राफिक्स कार्डहरूले केबल पिघ्ने समस्याहरूको जोखिम बोक्न सक्छ – तर Asus ले यो समस्या समाधान गरेको छ भन्ने लाग्छ।

Asus ले घोषणा गरेको छ RO6x21 power केबलकेबलले RTX 5090 जस्ता उच्च-शक्तियुक्त GPU सँग पग्लने समस्याहरू समाधान गर्ने लक्ष्य राख्दछयो अन्य निर्माताहरूबाट सबै PCIe...
Homeराष्ट्रिय समाचारनवगठित नेकपाले भन्यो– आयोग गठन गरी सम्पत्ति जाँच गरियोस्

नवगठित नेकपाले भन्यो– आयोग गठन गरी सम्पत्ति जाँच गरियोस्


राष्ट्रिय

समाचार.

  • नवगठित नेपाली कम्युनिस्ट पार्टीले उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गर्न पहल गर्ने भएको छ।
  • पार्टीले भ्रष्टाचारीलाई कडा कारबाही गर्न सम्पत्ति छानबिन गर्ने प्रतिवद्धता जनाएको छ।
  • सरकारले सुशासन, पारदर्शिता र सामाजिक न्यायका लागि निरन्तर पहल गर्ने पनि भनिएको छ।

१९ कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गर्न पहल गर्ने भएको छ ।

विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा कार्यक्रममार्फत नवगठित पार्टीको २३ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।

जसमा भनिएको छ, ‘ उच्चस्तरिय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने ।’

 भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने पनि भनिएको छ ।

राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त दुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आम जनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More