― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsनरम शब्दमा नेपालको प्रष्ट सन्देश – KhabarHost

नरम शब्दमा नेपालको प्रष्ट सन्देश – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालले भेनेजुएला–अमेरिका तनावमा संयुक्त राष्ट्र संघको बडापत्र अनुसार सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
  • परराष्ट्र मन्त्रालयले विवादलाई संवाद, कूटनीति र आपसी समझदारीबाट शान्तिपूर्ण समाधान गर्नुपर्नेमा जोड दिएको छ।
  • नेकपा लगायतका कम्युनिस्ट दलहरूले अमेरिकाको भेनेजुएलामाथिको कदमको विरोध गरेका छन् भने नेपाली कांग्रेस मौन छ।

२४ पुस, काठमाडौं । नेपालले भेनेजुएला–अमेरिका तनावका बारेमा नरम शब्दमा आफ्नो स्पष्ट धारणा राखेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो लगायतलाई गत शनिबार राजधानी काराकासबाट पक्राउ गरेको पाँच दिनपछि नेपालले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा नेपालले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूलाई पूर्ण सम्मान गर्ने भनेको छ । त्यस्तै नेपालले विवादलाई संवाद, कूटनीति र आपसी समझदारी मार्फत् शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

भेनेजुएला प्रकरणमा विश्व दुई ध्रुवमा विभाजित भइरहेका बेला नेपालले आफ्नो ‘कित्ता क्लिर’ गरेको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।

पूर्वराजदूत नीलाम्बर आचार्य नेपालले विज्ञप्ति मार्फत् अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश व्यक्ति गरेको बताउँछन् । उनी भन्छन्, ‘शब्दमा कसैको चित्त बुझ्ला नबुझ्ला तर नेपालले आफ्नो आशय प्रस्ट पारेको छ ।’

ठाडो भाषा प्रयोग नगरे पनि परराष्ट्र मन्त्रालयले अमेरिकी आक्रमण बडापत्रको भावना विपरीत गयो भन्ने संकेत गरेको बताउँछन् । ‘शब्द त्यो नभए पनि वक्तव्यले अमेरिकाको कदमलाई उचित ठहर्याएको छैन’ आचार्यले अनलाइनखबरसँग भने ।

अर्का पूर्वराजदूत दिनेश भट्टराईको विश्लेषण पनि आचार्यसँग मिल्दो छ । उनी नेपालले उठाइने राष्ट्रपति, उठाउने मुलुकको नाम नखुलाए पनि कूटनीतिक सन्देश दिन सफल भएको बताउँछन् । भट्टराई भन्छन्, ‘विज्ञप्तिमा उठाइने राष्ट्रपतिको नाम नलिईकन नेपाल सरकारले पुर्‍याएर सन्देश दिएको छ ।’

दुई छिमेकी मध्ये चीनले भेनेजुएलाको पक्षमा देखिएको छ भने भारतको सन्देश प्रष्ट छैन । आफूलाई ‘ग्लोबल साउथ’को नेता भन्न रुचाउने भारतले घट्नाको दोस्रो दिन विज्ञप्तिमार्फत् भनेको थियो, ‘भेनेजुएलाको पछिल्लो घटनाक्रम गहिरो चिन्ताको विषय हो । हामी त्यहाँको बदलिँदो स्थिति नजिकबाट हेरिरहेका छौं ।’

भारतले जस्तो तत्कालै प्रतिक्रिया नजनाए पनि नेपाल यो प्रकरणमा अलमलमा देखिँदैन । पूर्व राजदूत भट्टराई भन्छन्, ‘नेपालको धारणा दोस्रो–तेस्रो दिनमै आएको भए हुन्थ्यो तर समय लिएर विचार पु रयाएर आएको देखिन्छ ।’

आक्रमण जारी गरेका बेला संवाद, कूटनीति र आपसी समझदारी मार्फत् शान्तिपूर्ण तरिकाले समस्या समाधान गर्न नेपालले गरेको आग्रह अर्थपूर्ण भएको जानकारहरू बताउँछन् । आचार्य भन्छन्, ‘भेनेजुएलामा अमेरिकाको आक्रमण जारी रहेका बेला जे हुन्छ शान्तिपूर्ण तरिकाले वार्ताद्वारा समाधान गर भनेको छ । यो बडो नरम शब्दमा नेपालले आफ्नो असन्तुष्टि व्यक्त गरेको हो । यसरी नेपालले आफ्नो अडान देखाएकै छ ।’

दलहरूका आ–आफ्नै धारणा

भेनेजुएला प्रकरणमा नेपालका दल र नेताहरूका दुई थरी मत राखेका छन् । सरकारको धारण आइसक्दा पनि नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतले यो विषयमा मुख खोलेका छैनन् ।

पार्टी मौन बसे पनि रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले यस्तो विषयमा कोही पनि मौन र निरपेक्ष बस्न नहुने बताएकी छन् ।

नेपाल जस्ता देशहरूलाई स्वतन्त्रताको मूल्य झन बढी हुने भएकाले सरकार, दल र नागरिक समाज सचेत तथा चनाखो हुनुपर्ने उनको सुझाव छ । फेसबुकमा धितालले लेखेकी छन्, ‘भेनेजुएलामा अमेरिकाले गरेको हमला संयुक्त राष्ट्र संघको बडापत्र विपरीत छ ।’

अमेरिकाले मदुरोलाई पक्राउ गरे लगत्तै कम्युनिस्ट पार्टी र नेताहरूले धमाधम त्यसको विरोध गरे । नेपाली कम्युनिस्ट पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विज्ञप्तिमार्फत् भेनेजुएलाको पक्ष लिए ।

नेकपा (एमाले)को संस्थागत धारणा आएको छैन तर महासचिव शंकर पोखरेल र सचिव महेश बस्नेतले यसको विरोध गरेका छन् ।

त्यस्तै पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, झलनाथ खनाल, नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसाल लगायतले अमेरिकी कदमको विपक्षमा आफ्नो धारणा राखेका छन् ।





Read More