― Advertisement ―

मेटाको स्मार्ट चश्माले प्रमुख एआई बूस्ट पाइरहेको छ, तर यसले यसको सबैभन्दा ठूलो समस्यालाई सम्बोधन गर्दैन

Meta ले भर्खरै सुरु गर्यो। LLM ChatGPT र मिथुनसँग धेरै नजिक छयो चाँडै मेटाको स्मार्ट चश्मा र सामाजिक प्लेटफर्महरूमा सुरु हुँदैछमेटाको VR स्केलब्याक यसको...
Homeराष्ट्रिय समाचारधोबिघाट बैठकमा उठ्यो शेखरको मौनताबारे प्रश्न – KhabarHost

धोबिघाट बैठकमा उठ्यो शेखरको मौनताबारे प्रश्न – KhabarHost



१७ कात्तिक, काठमाडौं । ललितपुरको धोबिघाटमा बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको छलफलमा पार्टी महाधिवेशनबारे नेता डा. शेखर कोइरालाको मौनताबारे प्रश्न उठेको छ ।

चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुईथरी मत हुँदा सहमति जुटाउन भन्दै नेताहरू छलफलमा जुटेका थिए ।

उक्त छलफलमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कोइरालालाई प्रश्न गरेका थिए । सहभागी एक नेताका अनुसार खड्काले शेखरतर्फ हेर्दै सोधेका थिए, ‘यसमा तपाईंको कुरा के हो ?’

कावा सभापति खड्काको प्रश्नको जवाफ उनले प्रष्ट दिएनन् ।

‘अनौपचारिक रुपमा चिया, खाजा खाँदा पनि उहाँ मिलाउनुपर्छ मात्रै भन्ने, तर स्पष्ट यस्तो हुनुपर्छ भनेर नभन्ने गरेको देखियो,’ एक नेता भन्छन्, ‘हैन मिलाए भैहाल्छ नि भन्नुभयो । जसबारे अरु नेताले पनि चासो राखेका छन् ।’

शेखरले विशेष महाधिवेशनका लागि सक्रियता नलिएको र नियमितको लागि पनि दबाब सिर्जना गर्न नसकेको बुझाइ कांग्रेसभित्र छ ।





Read More