― Advertisement ―

Samsung Galaxy Z TriFold स्कोर गर्ने आज तपाईंको अन्तिम मौका हो, तर यो मिनेटमै बिक्नेछ — यहाँ तपाईंले आफ्नो बाधा बढाउन के गर्न सक्नुहुन्छ

Samsung को मेगा <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/samsung-galaxy-phones/i-finally-tried-the-samsung-galaxy-z-trifold-and-couldnt-believe-my-eyes-and-hands-i-just-hope-it-doesnt-cost-a-fortune" data-url="https://www.techradar.com/phones/samsung-galaxy-phones/i-finally-tried-the-samsung-galaxy-z-trifold-and-couldnt-believe-my-eyes-and-hands-i-just-hope-it-doesnt-cost-a-fortune"data-processed=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/samsung-galaxy-phones/i-finally-tried-the-samsung-galaxy-z-trifold-and-couldnt-believe-my-eyes-and-hands-i-just-hope-it-doest-doesnt- स्मार्टफोन एउटा ल्यान्डमार्क उपकरण थियो, तर यसको रिलिज भएको तीन महिना पछि टेक दिग्गजले यसलाई...
HomeLatest newsधान फल्ने फाँटमा राजधानी नबनाऔं – KhabarHost

धान फल्ने फाँटमा राजधानी नबनाऔं – KhabarHost



२१ माघ,बुटवल । लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस प्रदेश राजधानी दाङमा मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका देउखुरीमा मूल समारोह आयोजना गरेर दिवस मनाइएको हो ।

मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै उनले इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गरे। उनले प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे। ‘खेतको फाँट जोगाउनुपर्छ । मैले सुझाव दिँदा पनि त्यसैगरी दिएको थिएँ’– उनले भने –‘धान फल्ने फाँट जोगायौं भने कोही भोकै बस्नुपर्दैन ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको आठ वर्ष पूरा हुँदै गर्दा संघीयतालाई बलियो बनाउने काम प्रदेशबाट भएको बताए । संघीयताका कारण जनताको घरआँगनमा विकास पुगेको र जनताले त्यसको अनुभूति गर्न पाएको उनको भनाइ छ ।

प्रदेश बोझिलो नभई विकास निर्माणको आधारका रूपमा स्थापित हुँदै गएको उनले दावी गरे । यसका साथै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना बनाएर लागू गरेको बताए ।

प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभा र प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा कानुन निर्माण गर्ने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने पक्षलाई बलियो बनाउँदै लगेको बताए ।

पूर्व मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको विकासका लागि सुशासन आवश्यक रहेको बताए।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More