― Advertisement ―

HomeLatest newsधनुषामा सडक छेउमा भेटियो २५ वर्षीया युवतीको शव – KhabarHost

धनुषामा सडक छेउमा भेटियो २५ वर्षीया युवतीको शव – KhabarHost


राष्ट्रिय

समाचार.

  • धनुषाको औरही गाउँपालिका १ पौडेसरमा सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको छ।
  • धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने बताए।
  • महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

२३ माघ, जनकपुरधाम । धनुषामा सडक छेउमा फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो ।

महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने देखिएको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले बताए ।

आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना हिजो रातिकै हुन सक्ने प्रहरीको आशंका छ ।

महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





Read More