― Advertisement ―

एक चिनियाँ एआईले एक दशक पुरानो गणितको समस्यालाई शून्य मानव सहयोगमा ८० घण्टामा हल गरेर प्रमाणित गरेको छ ।

एआईसँगको स्वचालित समाधान 2014Rethlas ले मानव गणितज्ञले जस्तै समस्या समाधान गर्ने रणनीतिहरू अन्वेषण गर्दछArchon ले सम्भावित प्रमाणहरूलाई लीन 4 प्रमाणिकरणकर्ताका लागि परियोजनाहरूमा रूपान्तरण गर्दछपेकिङ...
HomeLatest newsधनराज गुरुङ – KhabarHost

धनराज गुरुङ – KhabarHost


फाइल तस्वीर



१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह मिल्नु कुनै अनौठो नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले रास्वपा सभापति रवि लामिछाने र शाहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए ।

उनले राजनीतिमा को-को जुट्छन् र को-को फुट्छन् भन्नेकुरा कांग्रेसलाई चासोको विषयको नभएको बताए ।

उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताए ।

राजनीतिमा सबैखाले चुनौती आउने भन्दै हरेक चुनौतीको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रूपमा लिन आवश्यक नरहेको बताए ।

‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । को-को मिल्छन्, को-को जुट्छन्, को-को फुट्छन् ? राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतीहरू हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौती हो । हरेक चुनौतीको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौती फेस गरेको कारणले अब अहिले आएर को-को मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’

उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More