― Advertisement ―

ExpressVPN ले आफ्नो डेस्कटप एपहरूलाई दृश्य परिवर्तन र AI मा ठूलो धक्का दिन्छ

यसको विन्डोजको p42V संस्करण, एक्सप्रेस, 02 मा एक्सप्रेस। र लिनक्स एपहरू,अद्यावधिकले एपलाई पूर्वनिर्धारित रूपमा कम्प्याक्ट मोडमा खोल्छ, क्लिनर लुकको साथनयाँ MCP सर्भरले AI कोडिङ...
HomeLatest newsदोस्रो मेयर कप हाप्किडो च्याम्पियनसिपको उपाधि युनिटी डोजाङलाई

दोस्रो मेयर कप हाप्किडो च्याम्पियनसिपको उपाधि युनिटी डोजाङलाई


राष्ट्रिय

समाचार.

  • बाँके जिल्ला हाप्किडो संघको दोस्रो मेयर कप हाप्किडो च्याम्पियनसिपमा युनिटी डोजाङले पहिलो स्थान हासिल गरेको छ।
  • प्रतियोगितामा गोग्ली डोजाङ दोस्रो र नेपालगञ्ज डोजाङ तेस्रो स्थानमा रहेका छन्।
  • विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर र संघका पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए।

३ पुस, नेपालगञ्ज । बाँके जिल्ला हाप्किडो संघको आयोजनामा सम्पन्न दोस्रो मेयर कप हाप्किडो च्याम्पियनसिपको उपाधि युनिटी डोजाङले जित्न सफल भएको छ ।

नेपालगञ्जमा पुस १ र २ गते सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै युनिटी डोजाङ पहिलो स्थानमा रह्यो । प्रतियोगितामा गोग्ली डोजाङले दोस्रो तथा नेपालगञ्ज डोजाङले तेस्रो स्थान हासिल गरेका छन् । टिम विजेताहरूले नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट अनुशासित टिमको उपाधि तुल्सिपुर डोजाङले प्राप्त गरेको छ । त्यसैगरी उत्कृष्ट खेलाडी (पुरुष) हेमन्त घर्ती मगर र उत्कृष्ट खेलाडी (महिला) चन्द्रकला खड्का घोषित भएका छन् ।

यसैगरी उत्कृष्ट रेफ्री (पुरुष) मुनाल रसाइली र उत्कृष्ट रेफ्री (महिला) रिता सुनार चयन भए । उत्कृष्ट प्रशिक्षक (पुरुष) सुशिल थारू र उत्कृष्ट प्रशिक्षक (महिला) ऐलिसा खड्का घोषित भएका छन् ।

विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर, खजुरा गाउँपालिकाका प्रशासकीय अधिकृत, नेपाल हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्ती मगर, उपमहासचिव मोहमद समीर हल्वाई, केन्द्रीय सदस्य राजेन्द्र मडाईलगायतले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रम बाँके जिल्ला हाप्किडो संघकी अध्यक्ष गंगा कुमारी पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिताको औपचारिक कार्यक्रमको सञ्चालन रमेश हम्जालीले गरेका थिए भने सहजीकरण अनिता डागीले गरेकी थिइन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More