― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsदोलखा चेस होम्सलाई तुल्सीलाल स्मृति चेस च्याम्पियनसिपको उपाधि

दोलखा चेस होम्सलाई तुल्सीलाल स्मृति चेस च्याम्पियनसिपको उपाधि


राष्ट्रिय

समाचार.

  • दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ।
  • दोलखा जिल्ला संघ दोस्रो र ललितपुर महालक्ष्मी नगरपालिका तेस्रो स्थानमा पुगेका छन्।
  • प्रतियोगितामा विजयी शीर्ष चार टिमले नगद पुरस्कार र पदक प्राप्त गरेका छन्।

२५ मंसिर, ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न आठौं संस्करणको तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ।

ललितपुरको क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन भएको सात चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखा चेस होम्सले ६ खेलमा जीत र एक हारको नतिजा निकाली १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर राष्ट्रिय च्याम्पियन बन्न सफल भएको हो ।

यस्तै दोलखाली अर्को टिम दोलखा जिल्ला संघले पाँच जित र दुई खेलमा बराबरी नतिजा निकाल्दै १२ अंक १९.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थान कब्जा गर्न सफल भएका छन्।

यसैगरी शुरुवात देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका ललितपुर महालक्ष्मी नगरपालिका टिमले चार जित, दुई बराबर र एक खेलमा हार ब्यहोर्दै १० अंकाका साथ तेस्रो स्थानमा प्रतियोगिता टुङ्ग्याएका छन्।

ललितपुर महानगरपालिका टिमले दाबेदारी प्रस्तुत गरे पनि महत्वपूर्ण दुई खेलमा हार बेहोर्दा एक खेल बराबर र चार जित हासिल गर्दै ९ अंक प्रोग्रेसिभ १७ प्वाइन्टका आधारमा चौथो स्थानमा उभिएका छन्।

गत संस्करणको विजेता थापाथली चेस पार्कले समान जित हात परिणाममा ९ अंक जोडेर १६.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं स्थानमा रहे।

स्पर्धामा बुटवल उपमहानगरपालिका टिमले चार खेलमा जित र तिन खेलमा हारको सामना गर्दै ८ अंक जोडेर १७.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा छैटौं भए भने मध्यपुर ठिमी नगर चेस संघले तिन जित, दुई हात र दुई बराबर खेल मार्फत ८ अंक जोडेर १५.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा सातौं हुन सफल भएका छन्।

आठौं संस्करणको राष्ट्रिय टिम चेसमा ब्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्दै महालक्ष्मी नगरपालिका क्षितिज भण्डारी, सुरोज महर्जन र कमल श्रेष्ठ तथा दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईं र मध्यपुर ठिमीका अभिक शाहले आफुलाई अब्बल साबित गरेका छन्।

प्रतियोगितामा विजयी शीर्ष चार स्थान हासिल गरेका टिमले क्रमशः नगद २ लाख, १ लाख, ६० हजार र ४० हजार सहित स्वर्ण पदक, रजत पदक तथा काश्य पदक तथा ट्रफी, प्रमाणपत्र हात पारेका छन्।
व्यक्तिगत स्पर्धामा उत्कृष्ट भएका पाँच खेलाडीहरूले जनही नगद १० हजार प्राप्त गरेका छन्।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विजेता टोलिलाई पुरस्कार वितरण गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि मञ्जली शाक्य बज्राचार्यले बौद्धिक बुद्धिचाल खेल प्रवर्द्धन गर्न महानगरपालिका हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न समापन समारोहमा क्यास्पियन कलेजका प्रिन्सिपल प्रनिष पाण्डे, महासंघका उपाध्यक्ष माधवप्रसाद प्रधान, कोषाध्यक्ष तारा बहादुर रानाभाटको उपस्थिति रहेको थियो।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More