― Advertisement ―

‘ठूलो खेल शिकारीहरू’: UK ransomware भोल्युम उल्लेखनीय रूपमा घट्छ ‘तर वास्तविकता अझ डरलाग्दो छ’ – ठूला संगठनहरू कडा हिट भइरहेको छ र ठूलो सफलताको...

RansomharpKars मा सफल मात्रा घटाइएको घटनामा UK वर्ष-दर-वर्ष उल्लेखनीय रूपमा वृद्धि भयोआक्रमणकारीहरू लक्षित, मानव-संचालित विधिहरूमा सरेका छन्, साना व्यवसायहरू ठूला उद्यमहरूको तुलनामा असमान रूपमा...
Homeदोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा – KhabarHost

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा – KhabarHost



६ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत कार्य पूरा भएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ ।

हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको छ । अब दुवै छेउतर्फ पर्खाल निर्माण र माटो भरानको काम भइरहेको उनले जानकारी दिए ।

पुल निर्माणको कुल लागत अनुमान रु २४ करोड ७३ लाख ८० हजार रहेकामा लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग रू २४ करोड तीन लाख ९२ हजारमा ठेक्का सम्झौता भएको छ । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन ।

पुष मसान्तमा काम सम्पन्न गर्ने गरी म्याद थपिएको र चालु आआर्थिक वर्षमा पुल निर्माणका लागि रु ४० लाख मात्रै विनियोजन भएकाले समस्या हुने हो कि भन्ने चिन्ता रहेको जोशीले सुनाए । पलको काम सम्पन्न गर्न अझै रु चार करोड आवश्यक पर्ने उनले बताए ।

यहाँ पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्दै आएका छन् । पुल निर्माण भए लाझाडी, शुक्लाफाँटा र कृष्णपुरका बासिन्दाको आवागमनमा सहज हुने स्थानीय बच्चन रानाले बताए ।





Read More