― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsदेशमै काम गर्न चाहन्छौँ, सरकारले पुलको काम गरोस् – KhabarHost

देशमै काम गर्न चाहन्छौँ, सरकारले पुलको काम गरोस् – KhabarHost



१० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, बुटवल बहुमुखी क्याम्पसका कमल पौडेलले २ स्वर्ण पदक र एक पुरस्कार पाए । एमए अर्थशास्त्रमा प्रथम भएका उनले तारापद चौधरी स्वर्ण पदक र खगेन्द्र मानसिं स्वर्ण पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पाए ।

‘मिहिनेतको फल मिठो हुन्छ । मेडल जित्छु भनेर पढेको थिइनँ । रोचक विषय भएकाले पढेको हुँ । यो दैनिक जीवनसँग जोडिने वियष पनि हो,’ दशरथ रंगाशालामा उनले आफूले अध्ययन गर्नुको कारण सुनाए ।

कमल पौडेल

उनी सरकारी सेवामा कार्यरतसमेत छन् । यातायात व्यवस्था विभागअन्तर्गत कार्यरत उनले कामसँगै अध्ययन पूरा गरेर मेडल हात पारेका हुन् । देशमै अवसर खोज्नुपर्नेमा उनको जोड छ ।

‘राम्रो अवसर देशमै हुनुपर्छ । देशमै केही न केही काम गर्न सकिन्छ । तर जति कमाउनु पर्ने हो, त्यति नभएर नेपाली युवा विदेशिन बाध्य छन् । यसमा सरकारले ध्यान दिनुपर्छ,’ सरकारलाई उनी देशमै युवा बस्ने वातवरण बनाउन आग्रह गर्छन् ।

०००

लोकराज ज्ञवाली पदक र पुरस्कार नेपाल ल क्याम्पसकी भावना अधिकारीले पाइन् । बीएएलएलबीमा प्रथम भएर पदक पाएकी अधिकारीले भर्ना भएको पहिलो दिनको कक्षाबाट नै पदक पाउने गरी पढेकी थिइन् । पहिलो दिनको कक्षामा सरको प्रस्तुति थियो । सरको मेडल सहितको फोटो उनले देखेकी थिइन् ।

‘सर यो के को अवार्ड हो ?,’ उनले पहिलो दिन कक्षमा सरलाई सोधेकी थिइन् । ‘बीएएलएलबी टप गर्‍यौं भने तिमीले पनि यस्तै अवार्ड पाउने छौँ,’ उनलाई सरले जवाफ दिएका थिए । त्यही फोटो देखेर उनले पनि पदक जित्ने आशा राखेकी थिइन् । ‘मिहिनेत गरेँ । मेडल जित्छु भन्ने सोचेर नै पढेको थिएँ, आज पाएँ,’ उनले भनिन् ।

भावना अधिकारी

कलेजमा पढेको कुरालाई प्रत्येक दिन उनी नोट बनाएर पढ्ने गर्थिन् । जसले उनलाई सफलता दियो । ‘कक्षामा पढेको कुरालाई नोट बनाएर पढ्ने गरेको थिएँ,’ उनले भनिन् ।

हाल उनी कानुन अधिकृतको रूपमा कार्यरत समेत छिन् । देशमै बसेर कानुन क्षेत्रबाट सेवा गर्ने योजना उनको छ । ‘देशमै बसेर काम गर्छु । कानुनमा सेवा गर्छु । जहाँ अँध्यारो छ त्यहाँ उज्यालो खोज्नुपर्छ । यहाँ पनि अवसर छ,’ उनी देशमा अवसर खोज्नुपर्नेमा जोड दिन्छिन् ।

०००

सुमन रिजाल पदक एमए समाजशास्त्रका सौरभ कोइरालाले हात पारे । उनले पनि पदक पाउँछु भनेर पढेका थिएनन् तर नियमित पढाइलाई निरन्तर जारी राखे । अन्ततः उनको हातमा पनि पदक पर्‍यो ।

सौरभ कोइराला

‘मेडल पाउँछु भनेर पढेको होइन । नियमित पढ्दा मेडल पाएँ । नेपालमै केही गर्ने योजना छ,’ उनले भने, ‘विदेश पलायन हुने सोच मेरो छैन ।’

रिसर्च र एकेडेमिक क्षेत्रमा नेपालमै काम गर्न चाहन्छन् उनी । यसका लागि राज्यले पुलको काम गर्नुपर्ने तर्क उनको छ । ‘यो बेला अलमल्ल जस्तो हुने रहेछ । राज्यले अब मार्केटमा पुलको काम गर्नुपर्छ । कसरी काम खोज्ने भन्ने छ । यसमा राज्यले मिडियटरको काम गर्नुपर्छ,’ उनले भने ।

०००

ज्ञानप्रसाद पुरस्कार के एन्ड के कलेजकी सुभाषी कार्कीले पाइन् । उनले महिलाहरूमध्ये सर्वप्रथम भएर पदक पाएकी हुन् ।

सुभाषी कार्की

‘मेडल जित्छु भनेर सोचेको पनि थिइनँ । कलेजबाट मेडल पाउने खबर पाएको थिएँ । आफ्नो रुचिको विषय भएकाले राम्रो भयो,’ उनले भनिन् ।

उनले मानसिक स्वास्थ्यमा नेपालमै बसेर काम गर्ने योजना सुनाइन् । ‘मास्टर्स इन साइकोलोजीको अध्ययन गरिरहेको छु । मानसिक स्वास्थ्यमा नेपालमा काम गर्ने सोच छ,’ उनले भनिन् ।

०००

शान्ति नारायण मिश्र पदक एमए पुस्तकालयकी रस्मिता कार्कीले पाइन् । उनी यो पदकलाई मिहिनेतको फल ठान्छिन् ।

‘मिहिनेतको फल पाएको छु,’ उनले भनिन् । धेरै समय पढेर भन्दा पनि थोरै समय ध्यान दिएर पढेमा राम्रो नतिजा आउने अनुभव उनले सुनाइन् ।

‘दिनभर पढेर होइन, ध्यान दिएर पढ्यो भने थोरै समय पढ्ने भने पनि राम्रो नम्बर ल्याउन सकिन्छ,’ उनले भनिन् ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकाय अन्तर्गतका एमफिल तहका विशाल जोशीले पाए ।

रस्मिता कार्की

इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबीएकी रक्षा भेटुवालले पाइन् ।

मदन विद्या वातावरण विज्ञान पदक र पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा निरु बस्नेतले पाइन् ।

ने.बैं.लि.सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसका सुनिल पुडासैनीले पाए । रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार सरस्वती बहुमुखी क्याम्पस एमबीएसकी समिता महर्जनले पाइन् । वडाकाजी मरिचमान सिं पदक एमए राजनीतिशास्त्र प्रतिभा पौडेलले हात पारिन् ।

ललित चन्द पुरस्कार पनि पौडेलले नै पाइन् । रुद्र कुमारी घिमिरे स्मृति पदक एमएस्सी माइक्रोबायोलोजी विषयमा काठमाडौं कलेज अफ साइन्स एन्ड टेक्नोलोजीका रविन्द्र पण्डितले पाए ।

डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा सुजन लामिछानेले हात पारे । नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा अनुशा रोकाले पाइन् ।

रामविक्रम-शान्ता सिजापति पदक एमए भाषा विज्ञान विषयमा आर्यन भट्टराईले पाए । भाइस चान्सलर पदक स्नातक तहका फुर्वा शेर्पाले पाए । भ्वाइथ सत्य माँ स्मृति स्वर्ण पदक पनि शेर्पाले नै पाए । प्रितम चित्रकार पुरस्कार बीएचएमका उवेन्द्रकुमार तामाङले पाए ।

शिवराज पन्त स्मृति पुरस्कार सिभिल इन्जिनियरिङका गौरव भुसालले पाए । ने.बै.लि. छत्रबहादुर पदक मकवानपुर बहुमुखी क्याम्पसका अन्वेश पोखरेलले र टीकावल्लभ डिलकुमारी घिमिरे स्मृति पदक बीएस्सी माइक्रोबायोलोजी विषयमा अग्रनी पौडेलले पाए ।

दीक्षान्त समारोहमा पोखरा महानगपालिकाका–२६ का वडा सदस्य सुदीपराज ढुंगानाले पनि स्नातकोत्तर तहको ग्रामीण अर्थशास्त्रमा दीक्षित भए ।

सुदीपराज ढुंगाना

‘इको टुरिजममा सोधपत्र लेखेर दीक्षित भएको हुँ,’ उनले भने, ‘पोखरलाई ग्रेटर पोखरा बनाउने सोच छ ।’ जनप्रतिनिधिमा निर्वाचित भएपछि अध्ययन सुरु गरेका उनले जनप्रतिनिधि हुँदै अध्ययन पूरा गरेका हुन् ।

पदक नपाएका तर दीक्षित भएका विद्यार्थीले भने फरक मत राखेका छन् । यसरी सहभागी भएका धेरैजसो विद्यार्थीको योजना भने विदेशमा जाने रहेको बताए । श्रमअनुसार देशमा मूल्य कम भएकाले जीवन चलाउनका लागि विदेशिनुपर्ने गुनासो विद्यार्थीहरूले गरे ।

दीक्षान्तको आकर्षक नोबेल पुरस्कार विजेता काजिता

दीक्षान्त समारोहको विशेष आकर्षणका रूपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी भए ।

त्रिविको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी भएकाले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुगेको विश्वास पदाधिकारीहरूको छ ।

८९ हजार दीक्षित

त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ दीक्षित भए । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका थिए । आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् ।

तस्वीर/ भिडियो : चन्द्रबहादुर आले र कमल प्रसाईं/अनलाइनखबर

साथै, २३ हजार ९८० जना अभिभावक-संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका थिए । यसको अनुपातमा करिब ५० हजारको हाराहारीमा उपस्थित रहेको त्रिविको दाबी छ ।

समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति महावीर पुन विशेष अतिथि उपकुलपति प्रा.डा. दीपक आर्यालको विशेष आतिथ्यता रहेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More