― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsदेवेन्द्रका गजलमा गुञ्जिए सन्तोष – KhabarHost

देवेन्द्रका गजलमा गुञ्जिए सन्तोष – KhabarHost



काठमाडौँ । “नजरबाट कोही पस्यो दिल उघारी, चुमी यी अधरमा बस्यो दिल उघारी”  । गजलकार देवेन्द्र के. सी. ‘देवु’का यी प्रेमिल पंक्तिमा विश्व कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको आवाज मिसिँदा बुधबार सर्वनाम थिएटरमा सहभागी गजलप्रेमीहरु पलभरमै मोहित भए ।

अर्को गजल “बोकेर फूलपाती स्यूँदोभरी सजाई, को धाउँदै छ दिलमा छम्छम् चुरा बजाई ?” प्रस्तुत गर्नेबित्तिकै ताली र ‘वाह–वाह’ का अविरल गुञ्जनले माहोल झनै उकासियो ।

सन्तोषले करिब दुई घन्टासम्म देवुका बान्कीभित्र लुकेका रसिला गजल–शेरलाई आफ्नो स्वरमा उतार्दै थिए । तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहको साथ दिएका थिए ।

कार्यक्रमको आरम्भ देवुको भिडियो प्रोफाइलबाट भयो । त्यसपछि गजल अभियन्ता घनेन्द्र ओझाले देवु र गायक तथा संगीतकार सन्तोष श्रेष्ठको परिचय दिंदै २०८० देखि २०९० सम्मको दशकलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’का रूपमा मनाइँदै गरेको जानकारी दिए । उनले गजल गायन अभियानलाई सातै प्रदेश र सम्भव भए विदेशसम्म पुर्‍याउने योजनासमेत सुनाए ।

गजलकार रवि प्राञ्जलले पछिल्लो समय नेपाली गजल गायनमा बढेको उत्साह र भागीदारीप्रति सन्तोष व्यक्त गरे ।

प्रमुख अतिथि कवि एवं समालोचक प्रा.डा. देवी नेपालले परम्परागत बहरमा बनेका गजललाई लोक रंग मिसाएर पनि सुन्दर ढंगले गाउन सकिने उदाहरण सन्तोषले प्रस्तुत गरेको बताए । उनले ‘स्वर्ण दशक’को यात्राले यस्तै ऊर्जा र निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गर्दै देवुको समसामयिक र प्रेम–प्रणय दुवै विषयमा उत्तिकै सक्षम कलम रहेको उल्लेख गरे ।

अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहजीकरण गजलकार ज्ञानु विद्रोहीले गरे ।

नेपाली गजलको विकास, विस्तार र परिष्कारमा दुई दशकदेखि सक्रिय ‘अनाममण्डली’को आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज–नेपाल च्याप्टर, गोल्डेन क्रियसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More