राष्ट्रिय
समाचार.
- नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले खोटाङमा बाँदर आतंक रोक्न र मान्छे जोगाउन आफूले सांसद भएर काम गर्ने बताए।
- राईले बाँदर आतंकका कारण किसान पलायन र पहाडमा बाँझो जमिन बढ्ने समस्या रहेको उल्लेख गरे।
- उनले बाँदर आतंक रोक्न कानुनमा सुधार गर्नुपर्ने र बसाइसराइ रोक्न खेती सप्रिनुपर्ने बताए।
१६ माघ, काठमाडौ । प्रतिनिधिसभा सदस्य चुनावमा खोटाङबाट नेकपा एमालेका उम्मेदवार रहेका देवविक्रम राईले बाँदरबाट मान्छे जोगाउनु आजको मुख्य समस्या रहेको बताएका छन् ।
शुक्रबार बिहान राजधानीमा पत्रकारहरुसँग राईले आफ्नो मुख्य चुनावी एजेण्डा नै बाँदरबाट मान्छे जोगाउने रहेको बताए । ‘मान्छे मरेर बाँदरलाई बचाउन सकिन्नँ, मेरो उम्मेदवारी एकप्रकारले बाँदर भर्सेस मान्छेको लडाइँ पनि हो,’ उनले भने ।
बाँदर आतंककै कारण किसानहरु पलायन हुने प्रवृत्ति बढेको तर्क गर्न उनले आफ्नै अनुभव सुनाएका थिए । ‘म आफै किसान हुँ, मैले लगाएको फलफुल बाँदरले नष्ट गरेर हैरान छु,’ राईले भने, ‘बाँदर तह लगाउन कानुनले दिदैन, त्यसो भएपछि कि मान्छे भोकले मर्नुपर्यो कि गाउँ छोडेर हिड्नुपर्यो ।’
पहाडमा बाँझो जमिन बढ्दै जाने, रोजगारीको खोजीमा युवाहरु शहर र विदेश पुग्ने प्रवृत्तिमा बाँदर आतंक एउटा कारण रहेको उनले बताए । ‘बाँदर तह लगाउने र मान्छे बचाउने कामका लागि जंगली जनावरबारे कानुनमा काम गर्नुपर्छ, सांसद जितेर त्यो काम गर्छु,’ उनले भने ।
खेती सप्रिँदा मात्रै पनि अहिलेको बसाइँसराईँ धेरै हदसम्म रोकिने विश्लेषण उनले गरे । ‘पहाड रित्तिँदो छ, बसाइसराइ रोक्नु मेरो अर्को एजेण्डा हो,’ एमाले खोटाङका अध्यक्ष राईले भने, ‘तर बाँदर आतंक नरोकिएसम्म बसाइसराइ पनि रोकिने स्थिति छैन ।’
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

